एस चिसापानी-काठमडौं सम्पर्क कमिटीको अध्यक्षमा श्रेष्ठः भिरपानीमा एमाले परित्याग गरि ४० जना प्रवेश

| पुस १०, २०७८ शनिबार

तस्विर फाइल
A A A
A A A

१० पुष, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी (एस) चिसापानी–काठमाडौ सम्पर्क कमिटीको अध्यक्षमा सुवास कुमार श्रेष्ठको चयन भएका छन् । मन्थली नगरपालिका वडा ८ चिसापानी-काठमाडौं सम्पर्क मञ्च गठन भएको हो । 

 

शनिबार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको (एस) जिल्ला सचिव लालसिं घिसिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


उनका अनुसार मञ्चको उपाध्यक्षमा सुमन भुषाल, सचिवमा मनोज कुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् । 


त्यस्तै उपसचिवमा गणेश कंडेल र सुरेन्द्र श्रेष्ठ चयन भएका छन् । 

 

कोषाध्यक्षमा मञ्जिल कर्माचार्यले जिम्मेवारी पाएका छन् । 

निर्णय हेर्नुहोस्

स्रोत नवीन कार्की 

भिरपानीमा ४० जना प्रवेश 

उता राजु घिसिङको अध्यक्षतामा २५ सदस्यीय भिरपानी– काठमाडौं सम्पर्क मञ्च गठन भएको छ । खाँडादेवी गाउँपालिकाको वडा नं ३ भिरपानीमा खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा झलनाथ खनालको नेतृत्वमा ४० जना एमाले परित्याग गर्दै एस प्रवेश गरेका छन् । पछिल्लो समय एमाले परित्याग गर्दै एस प्रवेश गर्नेको संख्या बड्दो छ ।