दोलखाका साथीलाई खुकुरी हानेर भागेका रामेछापका शनिले प्रहरीमाथि पनि आक्रमण गरे, प्रहरीको अस्पताल भर्ना

| पुस १०, २०७८ शनिबार

सांकेतिक तस्विर
A A A
A A A

१० पुष, रामेछाप । काठमाण्डौमा आफ्नै साथीलाई खुकरी हान्ने रामेछापका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका घए भएका शनि तामाङ हुन् । 

 

उनले तार्केश्वर नगरपालिका वडा नम्बर ८ शेषमती लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा दोलखाका सुवास तामाङलाई खुकुरी हानेर भागेका थिए । 

 


साथिलाई खुकुरी हानेर भगेका तामाङ्लाई पक्राउ गर्न खोज्दा  उनले प्रहरी प्रभाग धर्मस्थलीका प्रहरी नायब निरीक्षक पदम अवस्थीलाई समेत आक्रमण गरेका छन् । 

 

शनिको आक्रमणबाट घाइते भएका प्रहरी नायब निरीक्षक अवस्थी र खुकुरी हान्ने तामाङ दुबैको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

घाइते प्रहरी अवस्थीको टाउकोमा पाँच वटा टाँँका लगाइएको प्रहरीले जनाएको छ ।