एकिकृत समाजवादी पिङ्खुरीको अध्यक्षमा चुडा भण्डारी

| पुस १०, २०७८ शनिबार

तस्विर फाइल
A A A
A A A

१०, पुष, रामेछाप । नेकपा एकिकृत समाजवादी (एस) पिङ्खुरीको वडा कमिटी अध्यक्षमा चुडा भण्डारी चयन भएका छन् । भण्डारीको अध्यक्षमा शनिबार २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । खाँडादेवी गाउँपालिका वडा नं ९ पिङ्खुरीमा एसले आज कमिटी गठन गरेको हो । 

 

 

वडा कमिटी उपाध्यक्षमा सन्त तामाङ्, सचिवमा रामबल तामाङे जिम्मेवारी पाएका छन् । भने उप–सचिवमा धनलाल तामाङ् चयन भएका छन् । 

 

काठमाडौंमा भएको कार्यक्रममा पार्टीका बरिष्ठ नेता झलनाथ खनाल समेतको उपस्थिति रहेको थियो । 

 

आउदो पुष १५ भित्र जिल्लामा पालिका तथा वडा कमिटी गठनलाई तिब्र पारेको एसले हाल सम्म दुई पालिकासहित ४० वडा कमिटी गठन सम्पन्न गरेको छ । 

निर्णय हेर्नुहोस्