रामेछापमा एक लाख ७५ हजार १५० मतदाताः अभियानमा थपिए ५ हजार बढी, उमाकुण्डमा सबै भन्दा धेरै, कुन पालिकामा कति (तथ्याङ्कसहित)

| पुस ११, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

११ पुष, रामेछाप । रामेछाप जिल्लामा संचालन भएको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ५ हजार बढी मतदाता थपिएका छन् । 

 

आठ स्थानीय तह रहेको रामेछापमा सात स्थानीय तहमा दुई चरणमा भएको मतदाता नामावली संकलन अभियानमा ५ हजार ३ सय २० जना मतदाता थपिएको निर्वाचन कार्यालय रामेछापले जनाएको छ । 

 

पहिलो चरणमा गत मंसिर १७ गतेदेखि २६ गते र दोस्रो चरणमा मंसिर २९ गतेदेखि पुष ९ गतेसम्म संचालित अभियानमा सो संख्यामा मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी मधुकर कुमार साहले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार उमाकुण्ड गाउँपालिकामा सबै भन्दा धेरै एक हजार बढी मतदाताहरु थपिएका छन् । त्यहाँ एक हजार ८७ जना मतदाता थप भएका छन् । सबै भन्दा कम भने लिखु तामाकोशी गाउँपालिकामा मतदाता थपिएका छन् । त्यहाँ जम्मा २ सय ३३ जना मात्रै थप भएका छन् । 

 

त्यस्तै खाँडादेवी गाउँपालिकामा २४१, गोकुलगंगा गाउँपालिकामा ८५५, सुनापति गाउँपालिकामा ३६५, दोरम्बा शैलुङ् गाउँपालिकामा ३८१  जना थप भएका छन् । 

 

त्यस्तै रामेछाप नगरपालिकामा ४७७ जना थपिएका छन् ।  सो अभियानको समयमा सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयबाटै सेवा दिएको थियो । जसमा एक हजार बढी मतदाता थप भएका छन् । यहाँ एक हजार ६ सय ८१ जना मतदाता थपिएका छन् ।

 

दुबै चरणको मतदाता संकलन अभियान सकिएसंगै अब जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नियमित दर्ता कार्य संचालन हुने निर्वाचन आयोगले जनाएको छ । 

 

शनिबार सम्म थपिएका मतदातासहित जिल्लामा कूल मतदाताको संख्या एक लाख ७५ हजार एक सय ५० जना पुगेको जिल्ला निर्वाचन आयोगका सूचना अधिकारी गणेश थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । जसमा महिला ८६ हजार एक सय ९२ र पुरुष ८८ हजार ९ सय ५८ जना पुगेको उनले बताए । 

उनले यो संख्यामा अध्यायवधिकमा थप घटन हुन सक्ने उनले बताए । 

 

नजिकिएको स्थानीय तहको निर्वाचन लक्षित मतदाता नामावली संकलन भैरहेको हो । 

 

निर्वाचन आयोगले आउदो बैशाख १४ भित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ । 

तथ्याङ्क हेर्नुहोस्

स्रोत जिल्ला निर्वाचन कार्यालय रामेछाप