घरमा रंग लगाउने क्रममा चार तल्लाबाट खस्दा मन्थलीमा एक गम्भीर घाइतेः हेलिकप्टरमा काठमाडौं लगियो

| पुस ११, २०७८ आइतबार

A A A
A A A


११ पुष, रामेछाप । घरमा रंग लगाउने क्रममा चार तल्लाबाट खस्दा मन्थलीमा एक जना गम्भीर घाइते भएका छन् । घाइतेलाई हेलिकप्टर मार्फत उद्दार गरि काठमाडौं पठाइएको छ । 

 

 

आइतबार आज नेपाल रेड्क्रस छेउमा निर्माणाधिन राजु थापाको घरमा रगं लगाउने क्रममा चार तल्लाबाट खस्दा दोलखा घर भएका कामदार गम्भीर घाइते भएका हुन् । 

 

४ तल्लाबाट खसेका उनको परिचय खुलाइएको छैन् । उनको तत्काल उद्दार गरि तामाकोशी अस्पताल लगिएकोमा तामाकोसी अस्पतालका डाक्टरले यहाँ उपचार सम्भव नभएको र हेलिकप्टरमा तत्काल काठमाडौं लैजानु पर्ने सुझाव दिएका थिए । डा‍‍क्टरको सुझावको आधारमा हेलिकप्टर मगाएर काठमाडौं पठाइएको हो । 

 

यो समाचार तयार पार्दासम्म बिरामीलाई एम्बुलेन्समा राखेर मन्थली एरपोर्टमा पुर्याएको रासम सदस्य बिपिन भट्टराईले रामेछाप टाइम्सलाई बताए । 'हेलिकप्टर आइसककेको छ । बिरामी एरपोर्टमा ल्याइसकेयौं उनले भने ।' 

तस्विर बिपिन भट्टराई/ रामेछाप सहयोगी मन (रासम)