मन्थलीमा निःशुल्क मृगौला परीक्षण सुरुः २३ जनाको परिक्षण गर्दा ८ जनामा पुष्टि, डाक्टर भन्छन् -‘सोचेभन्दा धेरैमा हुने देखियो’

| पुस ११, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

११ पुष, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा निःशुल्क मृगौला परीक्षण सुरु भएको छ । ‘स्वास्थ्य मृगौला, स्वास्थ्य मन्थली’ भन्ने मूल नाराका साथ नेपालमै पहिलो पटक निःशुल्क मृगौला परीक्षण आइतबार मन्थली प्राथामिक अस्पतालमा उद्घाटन गरिएको हो । 

 

यो अभियान दुई महिना सम्म संचालन हुने बताइएको छ ।  जसअनुसार वडा नं १ मा गरिएको १६ जनाको परीक्षणमा ३ जना पुरुष र ३ जना महिलामा मृगौला रोग भएको पुष्टि भएको मृगौला रोग विशेषज्ञ डा‍ ऋषि काफ्लेले रामेछाप टाइम्सलाई बताए । उनले भने ‘१६ जनाको परीक्षण गरेको ६ जनामा रोग भएको पुष्टि भयो । त्यसमा कुन प्रकारको हो, भन्ने चै थप परीक्षणबाट पुष्टि हुन्छ ।’

 

त्यस्तै आजै मन्थली नगरपालिकाको वडा नं १३ फुलासीमा ७ जनाको परीक्षणमा २ जना पुरुषमा संक्रमण देखिएको छ । 

तस्विर स्रोत रमेश बस्नेत, नगर प्रमुख मन्थली । 

यो आधारलाई हेर्दा नगरभित्र ५ प्रतिशत भन्दा धेरैमा मृगौला रोग छ भन्ने आंकालन गर्ने सकिने डा‍ काफ्ने बताउछन् । उनी भन्छन्–‘५ प्रतिशत जनसंख्यामा रोग छ भन्ने देखाउछ ।’ 


नगरपालिकाले ३० हजार मानिसको निःशुल्क परीक्षण गर्ने यसअगाडिनै घोषणा गरिसहेको छ । 

 

त्यस्तै मृगौला बचाउ अभियानका डा‍‍‍‍.बिमल बराल र शंकर भट्टराईले पनि नगरभित्रका सबै जनाले यो अभियानमा सहभागी जनाएर फाइदा लिन आग्रह गरे । 

 

त्यस्तै नगरका प्रमुख प्रशासकिय अधिकृत लिला राज पौडेलले पनि यो अभियान मन्थली नगरपालिकाका नगरबासीको स्वास्थ्य स्थिति बुझ्ने एक महत्वपूर्ण सर्वेक्षण हुने भन्दै यसलाई सफल पार्न सबैले सहयोग गर्न अपिल गरे । 

 

उनले यो अभियानलाई कसरी अगाडि बढाउने बारे जानकारी दिदै १४ वडा भित्र रहेका ३० स्वास्थ्य केन्द्र, २४ सरकारी र ६ निजी स्वास्थ्य केन्द्रबाट परीक्षण गर्ने सुनाए । उनले अहिले ८० देखि ८५ प्रतिशत मानिसको मृगौला परीक्षण गर्न सके योजना सफल हुने दाबी गरे । यसको लागि १५ लाख रुपैयाँ खर्च लाग्ने प्ररम्भिक अनुमान नगरको रहेको प्रशासकिय प्रमुखको भनाई छ । 

यो पनि पढ्नुहोस्
वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. काफ्ले भन्छन् ‘मन्थलीमा ५ हजार भन्दा बढीमा मृगौला रोगी छन्,५० जनाको नराम्रोसंग बिग्रिएको छ’ (भिडिओसहित)
मन्थली नगरपालिकाले नेपालमै पहिलो पटक सबै नगरबासीको निःशुल्क मृगौला परिक्षण गर्ने घोषणा गर्यो (भिडिओसहित)