खाँडादेवीको भिमेश्वर मा.वि‍.मा सुदिप भण्डारीको अध्यक्षतामा ५१ सदस्यीय नेविसंघ इकाई समिति गठन

| पुस ११, २०७८ आइतबार

तस्विर स्रोत विमल पौडेल
A A A
A A A

११, पुष, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) खाँडादेवी स्थित श्री भिमेश्वोर प्रसुन कडेल मा. वि‍. मा सुदिप भण्डारीको अध्यक्षतामा ५१ सदस्यीय नेविसंघ इकाई गठन भएको छ । 

 

आज आइतबार जहाँ ‘विद्यार्थी, त्यहाँ नेविसंघ’ भन्ने नारासहित विद्यालयमा नेविसंघ समिति गठन गरेको स्ववियू सचिव बिमल पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए । 

तस्विर स्रोत विमल पौडेल 

उनका अनुसार इकाई उपाध्यक्षमा सन्ध्या नेपाली र नबिन मानन्धर चयन भएका छन् । 

 

त्यस्तै सुरज अछामी र सलिना नेपालीले सचिवको जिम्मेवारी पाएका छन् ।  भने कामना कार्की र निरुता श्रेष्ठ सह–सचिवमा चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा डिल्लि बहादुर कार्की चयन भएका छन् । यसअगाडि सदरमुकाम समेत रहेको मन्थली मा.वि‍.मा नेविसंघ समिति गठन गरेको थियो ।