मन्थलीमा रगं लगाउने क्रममा ४ तल्लाबाट खसेर गम्भीर घाइते दोलखा मकैबारीका दाहालको ज्यान गयो

| पुस ११, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

११ पुष, रामेछाप । मन्थलीमा घरमा रगं लगाउने क्रममा चार तल्लाबाट खसेर गम्भीर घाइते भएका दोलखाका एक पुरुषको ज्यान गएको छ । 

 

ज्यान गुमाउनेमा दोलखाको भिमेश्वर नगरपालिका वडा नं ७ मकैबारी घर भएका ३६ वर्षीय राजन दाहाल हुन् । आज आइतबार मन्थली स्थित रेड्क्रस संगैको राजु थापाको निर्माणाधिन घरमा रगं लगाउने क्रममा चिप्लिएर खस्दा गम्भीर घाइते भएका दाहालको यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि हेलिकप्टर मगाएर काठमाडौं लगिएको थियो । 

 


चार तल्लामाथि बाट खसेका दाहालको अवस्था गम्भीर थियो । उनको टिचिङ् अस्पतालमा पुर्याए डाक्टरले हेदा उनको निधन भैसकेको बताएको डाक्टरको भनाई उदृत गर्दै ठेकेदार मदन पराजुलीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

‘उनको निधन कति बेला भयो भन्ने हामीलाई पनि थाहा भएन, अस्पतालमा डाक्टरले उनको निधन भैसक्यो भने । हामी आफन्तीलाई शव जिम्मा लगाएर फर्किदै छौं रामेछाप टाइम्ससंग पराजुलीले भने।’  
 

दाहाल केही दिन अगाडि काम गर्न मन्थली आएका थिए ।