तेस्रो मेयर कपको तयारीमा जुट्यो मन्थलीः वडाहरुलाई ५०-५० हजार दिने निर्णय, यस्तो छ तयारी (निर्णयसहित) ?

| पुस १२, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

१२ पुष, रामेछाप । मन्थली नगरपालिका तेस्रो ‘मेयर कप’ भलिबल प्रतियोगिताको तयारीमा जुटेको छ । आइतबार नगरको तेस्रो नगर खेलकुद विकास समितिको बैठक बसि प्रतियोगिता संचालन गर्नको लागि विभिन्न निर्णय गर्दै तयारीलाई तिब्रता दिएको हो । यही पुष २३ गतेदेखि २५ गतेसम्म सदरमुकाम मन्थलीमा हुने प्रतियोगितामा नगरभित्रका १४ वटै वडाबाट एक–एक टिमको अनिवार्य उपस्थिति रहने छ ।

 

वडाबाट प्रतियोगितामा सहभागिता जनाउनको लागि नगरपालिकाले खेलाडीहरुलाई सहजता प्रदान गर्न र खेलप्रति प्रेरित गर्न नगद ५० हजारका दरले रकम समेत प्रदान गर्ने बैठकले निर्णय गरेको छ । सोही अनुसार सबै वडाहरुलाई ५० हजारको दरले खेलमा सहभागीता जनाउनको लागि वडाहरुलाई रकम दिने भएको छ ।

 

प्रथम एक लाख नगदसहित शिल्ड,मेडल र प्रमाणपत्र पुरस्कार रहेको मेयर कपमा द्वितिय हुने टिमले नगद ७५ हजार, तृतिय हुनेले ५० हजार र सान्त्वना हुनेले ३० हजार नगदसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । साथै खेलमा विभिन्न विधामार्फत उत्कृष्ठ प्रर्दशनी गर्ने सात जना खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था रहेको नगरका खेलकुद प्रशिक्षक देवेन्द्र श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

जिल्ला समन्वय समितिको प्रागंनमा खेलाईने खेलमा सहभागीता जनाउनको लागि सबै खेलाडीहरुको नागरिकताको प्रमाणपत्र र जर्सी अनिवार्य,वडाले सिफारिस गरेको हुनु पर्ने, खेलाडीहरु अनुशासित हुनु पर्ने लगाएका नियम लागू गरिएको छ ।

 

खेललाई व्यवस्थित गर्नको लागि नगरले आइतबार बैठक बसी आठ बुँदे निर्णय गर्दै विभिन्न समिति गठन गरेको छ ।

निर्णयहरु हेर्नुहोस्

स्रोतः देवेन्द्र श्रेष्ठ । 


नगर खेलुकुद विकास समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख रमेशकुमार बस्नेतले यो खेल सिङगो नगरको प्रतिष्ठको विषय भएकाले सबै खेलाडीहरुले अनुशासनमा रहेर खेल्नु पर्ने बताए । उनले खेलकुद क्षेत्रमा राजनीति जोड्न नहुने भन्दै खेललाई निश्पक्ष र स्वतन्त्र बनाउनु पर्नेमा जोड् दिए । 


प्रतियोगिता संचालनको लागि नगरले गठन गरेका समितिले आज सोमबारदेखिनै काम  सुरु गर्ने र तयारी पूरा भएको बारे आउदो २१ गते बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । साथै यो पटकको मेयर कपमा जिल्लाका सबै रेडियोहरुबाट उत्घाटन र समापन कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने र जिल्लाबाट संचालित अन्लाईन् मिडियाहरुलाई मिडिया पाट्नर्को रुपमा समावेश गरिने समेत बैठकले निर्णय गरेको छ ।