नेविसंघ रामेछाप संगठन विस्तारमा केन्द्रीतः एकैदिन तीन समिति गठन, यी हुन पदाधिकारी ?

| पुस १२, २०७८ सोमबार

तस्विर स्रोत विमल पौडेल
A A A
A A A

१२ पुष, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले रामेछापमा पछिल्लो समय समिति गठन तिब्र पारेको छ । केही दिनयता जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसमा पुगेर समिति गठनलाई तिब्रता दिएको हो । जसअनुसार सोमबार आजमात्रै नेविसंघले मन्थली मा.वि र लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ्मा समिति गठन गरेको छ । 


मन्थलीस्थित (सिटिभिटी) अन्तर्गटको (ओभरसियर)मा सुजन खत्रीको सभापतित्वमा ५१ सदस्यीय समिति गठन गरेको छ । जसमा रन्जिता रोक्का र गौरव न्यौपाने उपसभापति बनेका छन् । 
त्यस्तै कुशल भुजेल र मनोज नेपालीले सचिवको जिम्मेवारी पाएका छन् । भने सुवास शार्की र प्रकाश न्यौपानेले सहसचिवको जिम्मेवारी पाएका छन् । 

 


कोषाध्यक्षमा शौरभ पौडेल चयन भएका छन् । 


उता सव–ओभरसियरतर्फ अमृता पोख्रेलको सभापतित्वमा ५१ सदस्य समिति गठन गरिएको स्ववियू सचिव बिमल पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।  

त्यस्तै उता तिल्पुङ्गको श्री नवदर्शन मा.वि लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङमा पेम्बा छिरिङ तामाङको सभापतित्वमा २१ सदस्य समिति गठन गरिएको नेविसंघका युवा नेता नारायण थापाले जानकारी दिए ।  
स्रोत विमल पौडेल