गौश्वरामा छिमेकीलाई चक्कुले हानेर मार्ने घटनाका मुख्य अभियुक्त थापामगर २८ वर्षपछि पक्राउ

| पुस १३, २०७८ मंगलबार

तस्विर फाइलः जिप्रकाबाट प्राप्त ।
A A A
A A A

१३ पुष, रामेछाप । ज्यान मार्ने उद्योगमा २८ वर्षदेखि फरार रहेका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविकको गौश्वारा ७ हालको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौश्वरा स्थायी घर भएका अन्दाजी ५५ वर्षीय होमबहादुर थापा मगर रहेका छन् । 

 

उनले गत २०४९ कातिक ५ गते छिमेकी गजुरे मगरलाई चक्कु प्रहार गरेका थिए । सो चक्कुले लागेर छिमेकी गजुरेको मुटु नै छेडिएको थियो । सो घटनापछि उनको मृत्यु भएको थियो । सो घटनामा अरुपनि संलगन रहेका थिए । उनीहरुले पक्राउ परि सजाय भुक्तान गरि सकेका छन् । घटनाका मुख्य अभियुक्त थापामगर भने घटना पश्चात् लुकिछिपी बस्दै आएका थिए ।

 


उनलाई सोमबार उनकै घरभित्र डोकोभित्र लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी नवराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार वेशष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले थापामगरलाई पक्राउ गरेको हो ।  

 

पक्राउ गर्न पुगेको प्रहरीको टिलीलाई उनकी श्रीमतीले समेत थापामगरलाई भनाउ खोजेकी थिइन् । उनले प्रहीले सोद्दा ‘घरमा नआएको धेरै भयो’ भनिन् । तर, प्रहरीले खोजतलास गर्दा डोकोमा लुकेर बसेको अवस्थामा थापामगर फेला परेका थिए । 

 

पक्राउ परेका थापामगरलाई आज जिल्ला अदालत रामेछाप पेश गर्ने तयारी गरिएको डिएसपी ढुङ्गानाले बताए ।