सडक दुर्घटना रोक्न रामेछापमाः शिक्षक-विद्यार्थी, अभिभावक सहितसबै ट्राफिक प्रहरीको साथि (२० फोटोफिचर)

| पुस १३, २०७८ मंगलबार

तस्विर फाइलः मिलन घिमिरे रामेछाप टाइम्स/ नवराज श्रेष्ठ ।
A A A
A A A

१३ पुष, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपक पहाडीले सडक दुर्घटना रोक्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बताएका छन् । उनले ‘भने सवारी चालक, पैदलयात्री हामीसबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्न सक्यौ भने दुर्घटना न्यूनिकरण गर्न सकिन्छ । त्यसको जिम्मेवारी हामी सबैमा छ । त्यो पूरा गर्नु आजको आवश्यकता हो ।’

 


जिल्ला ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण सम्बन्धी संचालन गरेको सप्ताहव्यापी कार्यक्रम समापन गर्दै मन्थली देवकोटा चोकमा प्रजिअ पहाडीले यस्तो बताएका हुन् ।  उनले जिल्लामा ट्राफिक प्रहरीले हालसम्म उत्कृष्ठ काम गर्दै आएको उल्लेख गर्दै आउँदा दिनमा ट्राफिकले आफ्नो कामलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड् दिए । प्रजिअ पहाडीले थपे ‘जब नागरिकमा चेनता जाग्छ, तब दुर्घटना न्युनिकरण हुन्छ । ‘जब लापर्बाहि हुन्छ तब दुर्घटनामा वृद्धि हुन्छ । त्यसैले सबैले जिम्मेवारी र संयमितता अपनाए दुर्घटना घट्छ । त्यसको जिम्मवार तपाई हामी हौं ।’ 


गत पुष ६ गतेदेखि सुरु गरेको सप्ताहव्यापी ट्राफिक जनचेतना कार्यक्रम विभिन्न ठाउँमा विभिन्न जनचेतना मूलक कार्यक्रम गरि सोमबार समापन भएको हो ।

 

समापन समारोहमा विभिन्न विद्यालय तथा क्याम्पसका शिक्षक विद्यार्थी, अविभाभक, बुद्धिजिवी, वडा अध्यक्ष, पत्रकार, संचारकर्मीहरुले ट्राफिक नियमबारे चेतनामूलक नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । साथै मन्थली बजार चेनतामूलक र्यालीसहित परिक्रमा गरिएको थियो ।

 

उनीहरुले दुर्घटना न्युनिकरणको लागि सचेतभै घटना घट्नै नदिनको लागि पहल गर्नु पर्नेमा जोड्दिए । 

तस्विरः मिलन घिमिरे रामेछाप टाइम्स/ नवराज श्रेष्ठ ।