सुनकोशी-३ जलविद्युत आयोजनाः वातावरणिय प्रभाव मुल्यांकन् प्रतिवेदन तयारीको काम सुरु (सूचनासहित)

रामेछापका आयोजना खारेजीको माग चर्को

| पुस १३, २०७८ मंगलबार

तस्विर फाइल
A A A
A A A

१३ पुष,रामेछाप । सुनकोशी–३ जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मूल्याकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना निकालेको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत विकास विभाग सानोगौचरण, काठमाडौंले प्रस्तावित (६८३ ) मेगावाटको जलविद्युत आयोजनाको लागि वातावरणीय प्रभाव मूल्याकन प्रतिवेदन तयारी सम्बन्धी सूचना सार्वजनिक गरेको हो । 


‘रामेछापसहित, सिन्धुपाल्चोक, सिन्धुली र काभेपलाञ्चोक जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा प्रस्ताव गरिएको उक्त आयोजनाको लागि मन्त्रालयले प्राकृतिक भौतिक, जैविक, सामाजिक, आर्थिक र सांस्कृतिक प्रणालीबिच के कस्तो प्रभाव पर्दछ, भनी यकिन गर्न यहाँको गाउँपालिका, नगरपालिका तथा प्रभावित वडाहरु, सो यहाका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, डिभिजन बन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय महानुभावहरु तथा अन्य सरोकारवाला व्यक्ती वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात दिनभित्र निम्न ठेगानामा आईपुग्ने गरी लिखित राय सुझाच उपलब्ध गराई दिनु हुन अनुरोध गरिन्छ जारी सूचनामा उल्लेख छ ।’  


सुनकोसी-३ जलविद्युत जलविद्युत रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्ला भएर बग्ने सुनकोशी नदीमा निर्माण गर्ने प्रस्ताव गरिएको छ।  यो आजोजनाको रामेछापमा भने माझी समुदायले विरोध गर्दै आएका छन् । उनीहरुले खारेज हुनु पर्ने माग गर्दै आएका छन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासहित संघ, प्रदेश र स्थानीय तहमा समेत सम्बन्धित निकायमा आयोजना खारेजीको मागसहित पत्र बुझाएका छन् । 

 

यो जलविद्युतको लागि ५३८ मिटर लामो र १८० मिटर अग्लो बाँध काशेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ९ र रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ को सिमाना लुभूघाट नजिक बन्ने प्रस्ताब गरिएको छ । बाँधबाट ०५३ किलोमिटर लामो र १५ मि व्यास भएको सुरुङ्ग मार्गबाट काशेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर १ भण्डारीबेसी नजिक विद्युतगृहमा पानी लगि विद्युत उत्पादन गर्ने प्रस्ताव आयोजनाले जनाएको छ । यसलाई विद्यु उत्पादन गरेपछि पानीलाई टेलरेसद्धारा पुनः सुनकोसी नदीमा खसालिने छ । 


यो आयोजनाले रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको वडा नं १, सुनापती गाउँपालिकाको वडा १, ४ र ५ तथा सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका वडा नं। १, २, ३, ४ र ५ प्रभावित हुनेछन् ।  


त्यस्तै सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाको वडा १, २ बलेफी गाउँपालिकाको वडा नं। ५, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं। ९, १०, ११, १२ र १४, इन्द्रावती गाउँपालिकाको वडा नं १०,११ र १२ मेलम्ची नगरपालिकाको वडा न। १३, कापलाञ्चोक जिल्लाको मन्डनदेउपुर नगरपालिकाको वडा नं ६,७,९,१० र १२ पाँचखाल नगरपालिका वडा नं ८ र १३, भुम्ल गाउँपालिका वडा नं ५, ६, ७,८,१२ र १०, चौरीदेउराली गाउँपालिकाको वडा नं ६ तेमाल गाउँपालिकाको वडा नं १,२,३,४,६,७ र ९ प्रभावित् हुने छन् ।  

सूचना हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार