गोकुलगंगामा कांग्रेस टोल कमिटी गठनः एमाले परित्याग गर्दै २२ जना प्रवेश (नामावली)

| पुस १३, २०७८ मंगलबार

तस्विर फाइल
A A A
A A A

१३ पुष, रामेछाप । नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिकाले वडा कमिटी गठन गरेको छ । साथै पालिकामा कांग्रेस प्रवेश गर्नेको संख्यामा वृद्धि भएको छ । त्यहाँ एकै वडाबाट एमाले पार्टी परित्याग गर्दै २१ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।


मंगलबार आज पालिकाको वडा नं ३ साविकको दिगिदाब्रे हालको रस्नालु वडा नं ३ मा आयोजित पार्टीको टोल कमिटी गठन कार्यक्रममा उनीहरु एमाले परित्याग गर्दै कांग्रेस भित्रिएको पालिका सभापति मणिकुमार लामाले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार पार्टी प्रवेश गर्नेहरुमा साविकको वडा नं १ बाट पेमकिपा शेर्पा, नुर्वु शेर्पा, प्रेमबहादुर बस्नेत, शुकु शेर्पा, कृष्णमायाँ सुनुवार, मेनुका सुनुवार,तिलकमायाँ सुनुवार, च्याङ शेर्पा, दिलमायाँ सुनुवार, लेकी शेर्पा, निङ्डोमा शेर्पा, अनु बस्नेत, दालमु शेर्पा ,पेम्छेकी शेर्पा र निमा शेर्पा हुन् । 

 

पार्टीको वडा नं १ मा नुरी शेर्पाको सभापतित्वमा ३१ सदस्यीय टोल कमिटी गठन गरिएको हो । जसको उपसभापतिमा हेमबहादुर बस्नेत, सचिवमा छत्रबहादुर सुनुवार चयन भएका छन्, भने सह–सचिवमा लिलादेवी सुनुवारले जिम्मेवारी पाएकी छन् । 

 

त्यस्तै वडा नं २ मा कुमार शेर्पाको सभापतित्वमा ३१ सदस्यीय टोल समिति गठन गरिएको कांग्रेस पालिका सभापति लामाले रामेछाप टाइम्सलाई बताए । 

तस्विर स्रोतः चितञ्जिवी कार्की 

उनका अनुसार उपसभापतिमा मिना शेर्पा, सचिवमा आङ्दोर्जी शेर्पा र सह–सचिवमा मिनबहादुर सुनुवार चयन भएका छन् । 

 


त्यस्तै वडा नं ३ को टोल कमिटीमा अर्जनु सुनुवार सभापति बनेका छन्, भने भोजराज सुनुवार उपसभापति बनेका छन् । सचिवमा भने केबि सुनुवारले जिम्मेवारी पाएका छन् । 

 

सहसचिवमा ज्योति सुनुवार चयन भएकी छन् । त्यहाँ २१ सदस्यीय समिति गठन गरिएको छ । वडा नं २ र ३ मा सोमबार कमिटी गठन भएको हो ।