खाँडादेवीमा एमाले पालिका कमिटी बैठकः सर्वजनिक सवारीले मनोमानी भाडा असूलेको निश्कर्ष, एकरुपता दिने निर्णय

| पुस १४, २०७८ बुधबार

तस्विर स्रोत मोतिलाल तामाङ्
A A A
A A A

१४ पुष, रामेछाप । खाँडादेवी गाउँपालिकाभित्र सार्वजनिक सवारी साधानले मनोमानी भाडा लिएको भन्दै त्यसलाई एकरुपता गराउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) पालिका कमिटी बैठकले निर्णय गरेको छ ।  मंगलबार बसेको पालिका कमिटी बैठकले यस्तो निर्णय गरेको हो । हाल पालिका भित्र संचालित सवारी साधानले मनलाग्दी भाडा असुल्ने गर्दा स्थानीयहरु सास्ती खेप्दै आएका छन् । 

 


आठौं जिल्ला अधिवेशनको विषयमा छलफल गर्न बसेको बैठकले सार्वजनिक सवारी साधानले भाडामा मनोमानी गरेको विषयमा समेत छलफल गर्दै त्यसलाई एकरुपता दिने बारेमा छलफल गरेको पार्टी सचिव मोतिलाल तामाङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए ।   


बैठकले पालिकाको भूगोलबाट जिल्ला कमिटीको पदाधिकारी लगायत सदस्यको लागि दावी गर्न सक्षम बनाउन पालिका एक भएर लाग्ने, पालिकाभित्रका ९ वटै वडाहरुका साविकको ६२ वटै वडाहरुमा टोल कमिटी गठन गर्ने, संगठित सदस्यहरुको आधारमा वडाहरुमा वा पालिकामा तोकिएका प्रतिनिधिहरुलाई १७ गते छनोट गर्ने र वडाहरु र काठमाडौमा रहेका जनताहरुलाई लक्षित समिति गठन गर्ने निर्णय गरेको उनले बताए ।