रामेछापको शैलुङ-देउराली, गुम्देल सहितका ठाउँमा भारी हिमपात (फोटोफिचर)

| पुस १४, २०७८ बुधबार

तस्विर फाइल
A A A
A A A

१४ पुष,रामेछाप । रामेछापको देउराली, शैलुङ् लगाएतका ठाउँमा भारी हिमपात भएको छ । हिउँ परेसँगै चिसो अत्याधिक बढेको छ । चोसोका कारण जनजिवन प्रभावित बनेको छ । गएराति देखि जिल्लाका सबै भेगमा पानी परेको छ, भने उच्च हिमाली भेग उमाकुण्ड गाउँपालिकाको गुम्देल, देउरालीमा भारी हिमपात भएको छ । 

 

 

गुम्देलको साविकको तेछिम, सेर्दिङ, क्यामा, छेवर, टाङ्दिङ लगाएका ठाउँमा भारी हिमपात भएको छ । त्यस्तै देउराली, प्रितीको माथिल्लो भेग गचेप्टे, लाप्चानेसहितको भेगमा भारी हिमपात भएको छ ।

 

 

यता दोरम्बा शैलुङ् गाउँपालिकाको  शैलुङ् क्षेत्रमा भारी हिमपात भएको हो ।  जिल्लाका आठ वडा स्थानीय तहमा गएराति देखिनै पानी परिरहेको छ । 

तस्विर हेर्नुहोस्

तस्बिर रस्मिला घिमिरे, रामेछाप टाइम्स