टोकरपुरमा सुस्मा थामा मगरको सभापतित्वमा ३१ सदस्यीय नेविसंघ गठन

| पुस १६, २०७८ शुक्रबार

तस्विर फाइल
A A A
A A A

१६ पुष,रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दोरम्बा शैलुङ्ग गाउँपालिका स्थित श्री कन्ठेश्वर माद्यामिक विद्यालयमा सुस्मा थापा मगरको सभापतित्वमा ३१ सदस्यीय समिति गठन गरेको छ । शुक्रबार नेविसंघका जिल्लाका नेताहरु दोरम्बा पुगेर विद्यालयमा नेविसंघ गठन गरेका हुन् । पछिल्लो समय नेविसंघले जिल्लाका विभिन्न विद्यालयमै पुगेर नेविसंघ गठनलाई तिब्रता दिएको छ ।

 

आज शुक्रबार पालिकामा गठन भएको समितिमा गोपाल थापामगर र सुप्रभा कंडेल उप–सभापति बनेका छन् । भने अनिता श्रेष्ठ र ललिका श्रेष्ठद्वय सचिव बनेका छन् । 

तस्विर बिमल पौडेल


त्यस्तै भिमली थापामगर र इश्वरी थापामगर सह–सचिव बनेका छन् । ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज दोरम्बा शैलुङ्ग गाउँपालिका वडा न ३ टोकरपुरमा नेविसंघ गठन भएको स्ववियू सचिव बिमल पौडेल रामेछाप टाइम्सलाई जानकारी दिए ।