पत्रकार हिमाल ढुङ्गेल सम्मानित

| पुस १७, २०७८ शनिबार

तस्विर फाइल
A A A
A A A

१७ पुष, रामेछाप । पत्रकार हिमाल ढुङ्गेल सम्मानित भएका छन् । शनिबार रामेछापको सदरमुकाम मन्थलीमा रामेछाप सांस्कृतिक समाजले आयोजना गरेको ‘स्रष्टा सम्मान तथा वृहत सांस्कृतिक कार्यक्रम’मा जिल्लामा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय ढुङ्गेललाई सम्मान गरेको हो । 

 


नेपाल टेलिभिजनका जिल्ला संवाददाता रहेका ढुङ्गेल एक दशक भन्दा लामो समयदेखि पत्रकारिता पेशमा संक्रिय रहेका छन् । राष्ट्रिय टोपी दिवसको अवसरमा ढाकाको टोपी र सम्मानपत्रसहित ढुङ्गेललाई सम्मान गरिएको हो । उनी नेपाल पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्ष समेत हुन् । 

 

पत्रकार ढुङ्गेलसहित सांस्कृतिक समाजले एक दर्जन बढी राष्ट्रिय तथा स्थानीय विभिन्न विधामा लामो समयदेखि योगदान पुर्याएको भन्दै सम्मान गरेको छ ।