मन्थलीमा सुनुवार,तामाङ्, माझी र परियार जाती विशेष झाँकी प्रर्दशन (फोटोफिचर)

| पुस १७, २०७८ शनिबार

तस्विर फाइल मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१७ पुष, रामेछाप । शनिबार (आज) रामेछापको सदरमुकाम मन्थलीमा विभिन्न जातजातीको झांकी प्रर्दशनी गरिएको छ । 

 

वृहत सास्कृतिक कार्यक्रम तथा स्रष्टा सम्मान कार्यक्रममा रामेछाप सांस्कृतिक कलाकार समाजका आठवटै स्थानीय तहबाट फरक–फरक जाती, भाषा, धर्म, सांस्कृृतिक र स्थानीय स्तरमा प्रचलनमा रहेका कलालाई शनिबार मन्थली बजारमा प्रर्दशनी गरिएको हो । 

 

जिल्ला समन्वय समितिको प्रांगणबाट व्यानरसहित प्रर्दशनी गर्दै वीपी चोक पुगेर पुःन जिल्ला समन्वय प्रांगणमा फर्किएको थियो । सास्कृतिक समाजको पालिका स्तरमा समिति गठन भएपछि पहिलो पटक जिल्लामा संयुक्त रुपमा भेला भएका शाखा÷समितिहरुले स्थानीय स्तरमा प्रचलित कलालाई स्थान दिएर मौलिक सांस्कृती झल्काएका हुन् । 

 

लोप हुन लागेका कलालाई संरक्षण गर्ने उद्देश्यले गरिएको यो प्रर्दशनीमा सुनुवार, तामाङ्, परियार, माझीसहितका समुदायले जातजाती झल्कने भेषभुषा, पेशा झल्ने पेशागत सामाग्रीसहित प्रर्दशनी गरेका हुन् । 

 तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स