काग्रेस रामेछापको तेस्रो बैठकः महिला संघ र नेविसंघलाई वडा स्तरमा विस्तार तिब्र, अर्को बैठक साँघुटारमा बस्ने निर्णय

| पुस १८, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

१८ पुष, रामेछाप । नेपाली कांग्रेस रामेछापले अब बस्ने पार्टीको चौथो बैठक साँघुटारमा बस्ने निर्णय गरेको छ । बैठक आउदो माघ ३ गते सोमबार बस्ने छ । 

 

शनिबार १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको तेस्रो बैठक दोरम्बा शैलुङ् गाउँपालिकामा बसेको थियो । सो बैठकले अब बस्ने चौथो बैठक साँघुटारमा गर्ने निर्णय गरेको सचिव दीपक खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । यसअगाडि वीपी स्मृती भवन (पार्टी कार्यालय) मन्थलीमा पहिलो र उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितीमा दोस्रो बैठक राखेको कांग्रेस आफ्नो पदाधिकारी बैठक छुट्टा-छुट्टै ठाउँमा गर्ने निर्णय गरेको थियो । 

 

शनिबार दोरम्बा शैलुङ्मा बसेको तेस्रो बैठकले महिला संघ र नेपाल विद्यार्थी संघ (नेविसंघ) को वडाहरुमा संघठन बिस्तार तिब्रता दिने निर्णय गरेको खड्काले बताए । 

 


पदाधिकारी बैठकलाई सम्बोधन गर्दै सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) ले जिल्लामा पार्टीभित्र गुटउपगुट नभएको बताए । आउँदो स्थानीयदेखि सबै चुवानीमा वडादेखि कांग्रेसलाई बलियो बनाउन सबै म-म, भनेर कांग्रेसलाई मायाँ गर्नेहरु लाग्नु पर्नेमा जोड् दिए । 

पार्टी प्रवेश 

यसैबीच दोरम्बा शैलुङ गाउँपालिकामा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी परित्याग गर्दै २१ जना कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी सभापति कान्छाराम तामाङ्सहितका नेताहरुले स्वागत गरेका छन् । 

तस्विरहरु काजी कार्की