‘पार्टीमा अब गुट्-उपगुट् छैन’-सभापति ‘कान्छाराम’
तस्विर फाइल
१८ पुष, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) ले जिल्लामा पार्टीभित्र गुट्-उपगुट नभएको बताएका छन् ।
उनले ‘हाम्रो पार्टीमा गुट्-उपगुट छैन, अब हामी संगठन बिस्तारमा केन्द्रीत हुनु पर्छ । सबै मिलेर अगाडि बढ्ने हो । त्यही अनुसार हामी सबै लाग्नु पर्छ भने ।’ सभापति तामाङ्ले यो पटक रामेछपमा कांग्रेसले सबै वडामा आफ्नो जित हाँसिल गर्ने जिकिर गरे ।
शनिबार दोरम्बा शैलुङ् गाउँपालिकामा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै सभापति तामाङले यस्तो बताएका हन् । आउँदो स्थानीयदेखि सबै चुनावमा वडादेखि कांग्रेसलाई बलियो बनाउन सबै म-म आफ्नो ठाउँबाट लाग्नु पर्नेमा उनले जोड् दिए ।
सभापति तामाङ्ले आफ्नो भातृ संस्थाहरुलाई चलयमान हुन आग्रह गर्दै सामाजिक संजालमा सानातिन कुराहरुमा लेख्दा संयमता अपनाउन आग्रह गरे ।
