रामेछाप सांस्कृतिक समाजको अध्यक्षमा कुमार कार्कीः महासचिवमा गौतम, यी हुन् पदाधिकारी (नामावली)

| पुस १८, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

१८ पुष, रामेछाप । रामेछाप सांस्कृतिक कलाकार समाज रामेछापको अध्यक्षमा कुमार कार्की निर्वाचित भएका छन् । शनिबार र आइतबार सदरमुकाम मन्थलीमा भएको १२ औँ साधारण सभा तथा चौथों अधिवेशनबाट कार्की जिल्ला अध्यक्षमा चयन भएका हुन् । 

 

त्यस्तै कलाकार समाजको बरिस्ठ उपाध्यक्षमा उत्तमा पौडेल चयन भएका छन्, भने उपाध्यक्ष सन्ध्या ‘सानू’ घतानी, युनिकबिफा घिसिङ  र कल्पना सुनुवार चयन भएका छन् । 

 

संस्थाको महासचिवमा गोविन्द गौतम चयन भएका छन् ।  त्यस्तै रामकुमार नेपालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।  सचिवमा गुणराज श्रेष्ठ, सह–सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा सबिन चौहान चयन भएको कलाकार समाज उमाकुण्ड गाउँपालिका अध्यक्ष जीवन घतानेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

त्यस्तै तिर्थ पाख्रिन, विनोद लामा, सिर्जना रोका, किस्वरि लामा, सङ्गिता केसी, बबिता पोखरेल, रमेश खत्री (पौडेल) सदस्यमा निर्विरोध चयन भएका छन् ।