गेलुको सिक्रालमा एक तले पक्कि भवन स्वास्थ्य केन्द्रलाई हस्तान्तरण

| पुस १८, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

१८ पुष, रामेछाप । रामेछापको मन्थली नगरपालिका गेलुमा आधारभूत स्वास्थ्य कार्यालय भवन हस्तान्तरण भएको छ । 


आइतबार आज मन्थली नगरपालिका वडा नं १२ गेलु सिक्रालमा भवन हस्तान्तरण गरिएको कृष्णहरि अधिकारीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

ठेक्का प्रक्रिया मार्फत २५ लाख लागतमा निर्माण गरिएको पक्कि एक तले भवन आइतबार ठेकेदारले अस्पताललाई जिम्मा लगाएका हुन् । ३८ लाख बजेट रहेको उक्त भवन २५ लाखमा ठेक्का परेपछि २५ लाखमै निर्माण गरेका भएको उनले बताए ।  

 

भवन बनेसंगै अब सोही भवनबाट सेवा संचालन हुने भएको छ । भवन बनेसंगै स्थानीय खुसी भएका छन् । 

 

भुकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन बनेको हो । 

 

भवन हस्तान्तरण नगरपालिकाकी उप-प्रमुख मायाँ कार्कीले भवनको साँचो वडा अध्यक्षलाई प्रदान गरेकी हुन् । भवन हस्तान्तरण गर्दै उपप्रमुख कार्कीले भवन राम्रो बनेको भन्दै यहाँबाट प्रवाह हुने सेवामा गुणस्तरियता आउनु पर्नेमा जोड् दिइन् ।