रामेछापबाट श्रेष्ठ, चौलगाई र गुरुङ माओवादीको केन्द्रीय सदस्य बने

| पुस १९, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

१९ पुष, रामेछाप । रामेछापबाट तीन जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय सदस्य बनेका छन् । आठौं महाधिवेशनबाट निर्वाचित रामेछापबाट श्यामकुमार श्रेष्ठ 'कुशल', युवराज चौलागाई र लक्ष्मीदेवी गुरूङ केन्द्रीय सदस्य बनेका हुन् । उनीहरु सबै जना निर्विरोध चयन भएको जनसांस्कृतिक महासंघ नेपालका नेता केशर कालिकाेटेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


जसमा श्रेष्ठ र चौलगाई खुलातर्फबाट केन्द्रीय सदस्य चयन भएका हुन् । भने जिल्लाबाट एकल महिला केन्द्रीय सदस्य बनेकी गुरुङ जनजाती महिलाबाट केन्द्रीय सदस्य चुनीएकी हुन् । 

 

विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य चुनिनुपर्ने हो । तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव घोषणा गरेका हुन् । 

 

माओवादीको केन्द्रीय पदाधिकारी चुन्नको लागि आज सोमबार केन्द्रीय समितिको बैठक बस्दै छ । यो बैठकले केन्द्रीय पदाधिकारी चयन गर्ने बताइएको छ । अध्यक्षमा प्रचण्डनै हुने निश्चित भएको बताइएको छ । भने अरु पदाधिकारी भने आकांक्षित् धेरै हुदा मिल्न सकेको छैन् । 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार