मन्थली क्याम्पसमा थापामगरको सभापतिमा ८१ सदस्यीय नेविससंघ समिति गठन

| पुस १९, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

१९ पुष, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसको सभापतिमा युवराज थापा मगर चयन भएका छन् । 


आज सोमबार बिहान नेपाली कांग्रेसका जिल्ला उप–सभापति लेखबहादुर कार्की, पार्टी सचिव दीपक खड्का, नेविसंघका जिल्लाका सभापति शुशिल अधिकारीसहितको उस्थितिमा थापामगरको सभापतित्वमा ८१ सदस्यीय नेविसंघ इकाई गठन गरेको स्ववियू सचिव विमल पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।


उनका अनुसार उपाध्यक्षमा बिनोद माझी, मनिता राना मगर र अविनास कार्की चयन भएका छन् । 


त्यस्तै कबिता खरेल र सिताराम खत्रीलाई सचिवको जिम्मेवारी दिएको छ । भने सह-सचिवमा सागर मगर र बिपुल रोकाले जिम्मेवारी पाएका छन् । 

 

त्यस्तै सबिता खड्का कोषाध्यक्षमा चयन भएकी छन् । 


जिल्लाकै सदरमुकाम मन्थलीमा रहेको कम्पम्समा नेविसंघको समिति गठन गरेर जिल्लाका सबै क्याम्पस, स्कूलमा नेविसंघ गठनलाई तिब्रता दिएको पौडेलले बताए ।  हालसम्म १२ स्कूल, क्याम्पसमा समिति गठन गरिसकेको नेविसंघले चाडै जिल्लाका सबै ठाउँमा समित गठन गर्ने योजनाको साथ अगाडि बडेको क्षेत्र नं २ का क्षेत्रिय सभापति उत्तमकुमार  कार्कीले रामेछाप टाइम्ससँग बताए । 

तस्विर स्रोत बिमल पौडेल 

जिल्लामा आठ वर्षदेखि नेविसंघको एकै नेत्रित्वले काम गर्दै आएको छ । अब चाडै जिल्लामा अधिवेशन गर्नको लागि पनि समिति विस्तारलाई तिब्रता दिएको स्रोतको दाबी छ । ‘अधिवेशनकै तयारीको लागि समिति विस्तारलाई अगाडि बढाएका हौं स्रोत भन्छन् ।’