२६ औं बेथान स्मृति दिवसः पूर्व माओवादी एकै ठाउँमा उभिए

| पुस २०, २०७८ मंगलबार

A A A
A A A

१९ पुष,रामेछाप । रामेछापको बेथानमा २६ औं बेथान स्मृती दिवस मनाइएको छ । 


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सुनापति गाउँपालिकाको आयोजनामा सोमबार तत्कालिन समयमा शहिद भएकाहरुको अर्धकदको शालिकमा माल्यार्पण गरि दिवस मनाइएको हो । 

 


सो कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री (पौडेल) ले ‘जसले नेपालमा महिलाहरु बीरता र वलिदानका अथक योध्दा हुन सक्छन् भन्ने सन्देश दियो । र जसले सामन्ती उत्पीडनको किल्ला माथी पहिलोपटक बिजयका लागि वलिदान दिए यो हामीले भल्नु हुदैन । शहिदका सपना पूरा गर्ने लाग्नु पर्छ भने।’


२०५३ साल पौष १९ गते बेथानमा तिर्थ गौतम, फत्त बहादुर स्माली र दिलमाया योञ्जन लगाएत द्वन्दमा ज्यान गुमाएका थिए ।  

 

२६ औं बेथान दिवस मनाउदाँ यो पटक नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र पूर्व माओवादी पार्टी एकै ठाउँमा भएर कार्यक्रम गरेको सफल दाहालले रामेछाप टाइम्सलाई बताए । 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार