नारायण थापा र निसाल घिमिरे नेविसंघ जिल्ला सदस्यमा मनोनित

| पुस २०, २०७८ मंगलबार

A A A
A A A

२० पुष, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले दुई जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ । 

 

 

पछिल्लो समयमा जिल्लामा शाखा विस्तारलाई तिब्रता दिएको नेविसंघले जिल्ला सदस्य समेत थप गरेको हो । जसअनुसार नारायण थापा र निसाल घिमिरे जिल्ला सदस्यमा मनोनित भएका हुन् । 

 

सोमबार बसेको नेविसंघ जिल्ला कार्यसमितिको बैठकको निर्णयको आधारमा उनीहरुलाई मनोनित गरेको सभापति शुशिल अधिकारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । 

 

पछिल्लो समय नेविसंघ रामेछापले आफ्ना गतिविधिलाई अगाडि बढाएको छ । 

मनोनित पत्र हेर्नुहोस्