एमाले जिल्ला अधिवेशनः शान्तिप्रसाद भन्छन् ‘म दोहोरिन, सर्वसहमतिमै नेत्रित्व बनाउछौं’ यी हुन् दाबेदार

| पुस २०, २०७८ मंगलबार

A A A
A A A

२० पुष, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको अध्यक्षमा वर्तमान अध्यक्ष शान्तिप्रसाद पौडेल नदोहोरिने पक्का भएको छ । उनले रामेछाप टाइम्ससँगको कुराकानीमा भने ‘म, जिम्मेवारी हस्तान्तरण गर्ने पूर्ण तयारीमा छु । म नदोहोरिने हो । नयाँ साथिहरु आउनु पर्छ भन्ने मेरो मान्यता हो । म चुनावमा अब उठ्दिन अरुलाई मौका दिने पक्षमा छु ।’

 
जिल्लामा यसअगाडि भएको नेपाली कांग्रेस रामेछापको जिल्ला अधिवेशनमा तत्कालिन सभापति लवश्री न्यौपाने एक कार्यकाल सभापतिमा दोहोरिने भन्दै पुःन सभापतिमा उठेका थिए । तर, उनी पराजित भएका थिए । 

 

जिल्लामा दुई ठूला दल कांग्रेस र एमालेको जिल्ला अधिवेशनलाई महत्वका साथ हेरिन्छ । कांग्रेसले जिल्लामा (पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ )को नेत्रित्व पाइसकेको अवस्थामा एमालेले कस्तो नेत्रित्व पाउछ, भन्नेमा सबैको ध्यान केन्द्रीत छ । 


अब आउने नेत्रित्वले स्थानीय तहदेखि केन्द्रसम्मको चुनावी ‘फेस्’ गर्ने छ । त्यसैले पनि यो नेत्रित्वको विशेष महत्व छ ।

 

तत्कालिन समयमा माधवकुमार नेपाल निकट मानिने पौडेले एमालेबाट फूटेर (एकिकृत समाजवादी) बन्दा नेपालको साथ छाड्दै एमालेमै बसेका थिए । केपी शर्मा ओलीले सांसद् विघटन गर्दा उनले खुलेरै बिरोध गरेका थिए । साथै उनी तत्कालिन समयमा एमालेका दुई अध्यक्ष हुदाँ आफूनै जिल्लाको एमालेको आधिकारीक अध्यक्ष भएको जिकिर गर्दै बसेका थिए ।

 

पौडेल नेपाली जनताको अधिकार र नेपाली जनताको पक्षमा आफू रहेको भन्दै एमाले पार्टी भने, बाग्मती प्रदेशको मन्त्री बन्ने भएपछि नछोडि बसे । उनी प्रदेशको ४९ दिने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका थिए । माधव नेपालको साथ छाडेर मन्त्री पद पाएपछि एमालेमै बसेका पौडेललाई जिल्ला ईन्चार्ज कैलाश प्रसाद ढुङ्गेलले एमालेको जिल्ला अध्यक्ष शान्ति पौडेलनै हुन् भनेपछि उनले जिल्लामा अध्यक्षको जिम्मेवारी समाल्दै आएका छन् ।  

 

आउदो शुक्रबार २३ गते देशव्यापी रुपमा हुन लागेको एमाले जिल्ला अधिवेशनमा भने उनी अध्यक्षको लागि नदौडिने उनले स्पष्ट पारेका हुन् । उनी भन्छन् ‘बिहिबार २२ गते जिल्ला कमिटी बैठक बस्दै छ । त्यो दिन आकांक्षीसाथिहरुको राय सुन्छौं । त्यहाँबाट कसलाई बनाउने भन्ने निश्चित् हुन्छ ।’

 

बिहिबार एमालेको जिल्ला कमिटी र बुधबार जिल्ला कमिटी सचिवालय बैठक बस्दै छ । सकेसम्म सर्वसहमतिमै नेत्रित्व चयन गर्ने उनको भनाई छ ।

 
त्यस्तै पार्टीका प्रचार विभागको जिम्मेवारी समाल्दै आएका प्रकाश कार्कीले पनि सर्वसहमतिमै नेत्रित्व चयन हुनेमा विश्वास् ब्यक्त गरे । ‘अहिले सम्म सबै सर्वसहमतिमै आएको छ । यसलाई पनि सहमतिमै गर्ने हाम्रो प्रयास छ’ कार्कीले भने ।  हालसम्म पार्टीमा कुनै पदको लागि आधिकारीक रुपमा कसैले पनि उम्मेद्वरी घोषणा नगरेको जानकारी दिदै कार्कीले भने ‘मिटिङ् बस्छौं । त्यहीबाट आधिकारीकता आउछ  । सर्वसहमतिमै नेत्रित्व नटुङ्गिए निर्वाचनको लागि पनि तयार रहेको भन्दै करिब सात सय जना मतदाता रहेको जानकारी दिए । 

 

कार्कीका अनुसार हालसम्म पालिकाहरुबाट सबै ‘डाटा’ नआएकाले भोलीसम्ममा मतदाताको संख्या पुष्टि हुने बताए । उनका हनुसार ६ सय ८२ जनाले मतदान गर्ने सम्भावना छ ।  क्रियाशिल सदस्य १२ हजार सात सय दुई जना क्रियाशिल रहेको एमाले रामेछापले आउदो स्थानीय निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै आएको छ । 

 


जिल्ला अध्यक्ष पौडेल भन्छन् ‘छ सय ८२ जनाले मतदान गर्न पाउने आंकालन गरिएको छ । ३३ जना मनोनित गर्ने पाउने व्यवस्था छ । त्यो गर्नेकि नगर्ने भन्ने एकिन भएको छैन् ।’ 

 

जिल्ला अध्यक्षको लागि आफ्नो दाबी रहेको वर्तमान सचिव आनन्द श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । ‘उनले ९ वर्षदेखि पार्टीको जिम्मेवार पदमा छु  । त्यसैले अध्यक्षमा दाबी रहन्छ ।’  
स्रोतका अनुसार जिल्ला अध्यक्षको लागि वर्तमान पार्टी उपाध्यक्ष प्रेमबहादुर तामाङ र लब श्रेष्ठ सहित तीन जनाले दाबी गरेका छन् । उपाध्यक्ष रहेका तामाङ खाँडादेवी गाउँपालिकाको अध्यक्ष 
 समेत रहेका छन् ।