पर्यटन बोर्डलाई उद्योग वाणिज्य संघ रामेछापको पत्र ‘रामेछापमा पर्यटन् व्यवसाय संचालन् गर्ने वातावरण मिलाउनूस्’

| पुस २१, २०७८ बुधबार

तस्विर फाइल पर्यटकिय स्थल शैलुङ
A A A
A A A

२१ पुष, रामेछाप । रामेछापमा धार्मिक तथा पर्यटन व्यवसाय संचालन गर्ने बहस सुरु भएको छ । जिल्लाका धार्मिक तथा पर्टयन क्षेत्रको उल्लेख गर्दै रामेछाप उद्योग वाणिज्य संघ रामेछापले यहाँका सो क्षेत्रहरुमा पर्यटन व्यवसाय संचालनको लागि आवश्यक सहयोग गर्ने माग गरेको हो । 

 


मंगलबार महासचिव नबराज ढुङ्गेलले नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपलाई पत्र लेख्दै रामेछापका बहुचर्चीत स्थानहरुमा पर्यटन व्यवसाय संचालनको लागि सहयोग गर्न अपिल गरेका हुन् । ‘पर्यटकिय क्षेत्रको लागि आवश्यक सहयोग गरिदिनु हुन विशेष अपिल गर्दछौं’ पत्रमा लेखिएको छ ।

नबराज ढुङ्गेल, महासचिव उद्योग वाणिज्य संघ, रामेछाप । तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स

जिल्लाको उत्तरी र दक्षिणी भेगमा रहेका उमाकुण्ड, गोकुलगंगा र दोरम्बा शैलुङ् गाउँपालिका क्षेत्रहरुमा पर्यटकिय क्षेत्र विगत वर्षदेखी नै चर्चित रहेको उल्लेख गर्दै यी क्षेत्रहरुमा संचालित होमस्टेहरु, पाँचपोखरी, जटापोखरी, नुम्बुर हिमाल, शैलुङ्ग, झर्ना, चौरी, चिज, जडिबुटी धार्मिक स्थल मठ–मन्दिर, आदिवासी जनजाती पदमार्ग यहाँका विशेषता हुन् ।

 

 
त्यस्तै सगरमाथाको आधार शिविर नाम्चे बजार जाने मुख्य पदमार्ग रामेछापनै हो । ‘यी हिम श्रृङखला सहितको दृष्यावलोकन गर्न गराउन सकेमा रामेछाप मात्र होइन राष्ट्रको गरिमा समेत बढ्ने भएको हुनाले यि सबै काम सम्पन्न गर्न गराउन नेपाल पर्यटन बोर्ड, रामेछाप उद्योग वाणिज्य संघ, र रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा बृहत कार्य योजना तयार गर्न र स्वदेशी तथा विदेशी पर्यटन समेतलाई जिल्लामा भ्रमण गराउने उद्देश्य र जिल्लाको पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने होमस्टेहरुको पुन निर्माण गरी होटल, कृषि, पर्यटन, रिसैटलाई सहयोग पुग्ने गरी आवश्यक कार्यक्रम गर्न गराउनका लागि सहयोग गरिदिनु हुन सादर अनुरोध छ’ महासचिव ढुङ्गेलले जारी गरेको पत्रमा उल्लेख छ । 

पत्र स्रोतः नवीन केशी, 

केही दिन अगाडि परेको हिउँले ढाकिएको शैलुङ, देउराली, शेर्दिङ, गुम्देल, बाम्तिभण्डार सहितका ठाउँमा आन्तरिक पर्टयक पुगेका छन् । 
जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकहरु सयौंको संख्यामा भित्रउन आफूहरु लागि परेको उनी बताउछन् ।