तेस्रो मन्थली ‘मेयर कप’ : ‘टाईसेट’ सार्टजनिक

| पुस २१, २०७८ बुधबार

तस्विर फाइल
A A A
A A A

२१ पुष, रामेछाप । तेस्रो मन्थली ‘मेयर कप’ मा सहभागि हुने खेलाडीहरुले कुन टिम संग प्रतिस्पर्धा गर्ने टुङ्गो लागेको छ । आज ‘टाईसेट’ सार्टजनिक भएको हो । 

 

 

पर्सी शुक्रबार २३ गते देखि आइतबार २५ गतेसम्म हुने प्रतयोगिताको बुधबार ‘टाइसेट्’ सार्वजनिक गरिएको हो । दुई दिन हुने भलिबल प्रतियोगिताको लागि नगरभित्रका १४ वटै वडाबाट एक–एक टिमको अनिवार्य सहभागिता रहने छ । खेल जिल्ला समन्वय समितिको खेल मैदान मन्थलीमा खेलाईने छ । 

 

प्रथम हुनेले एक लाख नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

 

त्यस्तै दोस्रो हुने टिमले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले नगद २० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मन्थली नगर खेलकुद विकास समितिले जनाएको छ । 


त्यस्तै खेलमा उत्कृष्ठ प्रर्दशन गर्ने विभिन्न विधाका सात जना खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्ने छन् । 

‘टाईसेट’ हेर्नुहोस्

स्रोत कुमार कार्की 

मिलन घिमिरे
| चैत १०, २०७८ बिहिबार