साँघुटारको हिमगंगा माविमा मिलन खड्का र अनिल सुवेदीको नेत्रित्वमा एक सय २२ सदस्यीय नेविसंघ गठन

| पुस २१, २०७८ बुधबार

A A A
A A A

२१ पुष, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले साँघुटारमा मिलन खड्काको सभपतित्वमा ७१ सदस्यीय समिति गठन गरेको छ । 


बुधबार रामेछाप नगरपालिका वडा नं ३ साघुटार स्थित  हिमगंगा उच्च माद्यामिक विद्यालयमा खड्काको नेतृत्वमा समिति गठन गरिएको नेविसंघका नेता प्रज्वल बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

त्यस्तै सोही विद्यालयको (भटेनरी) तर्फ अनिल सुवेदीको सभापत्तिमा ५१ सदस्यीय समिति गठन गरिएको उनले बताए । पछिल्लो समय नेविसंघ रामेछापले आफ्नो संगठनलाई विद्यालय विद्यालयमा पुर्याएको छ । बुधबार एकैदिन नेविसंघ रामेछापले ७१ र ५१ सदस्यीय समिति गरि कूल एक सय २२ सदस्यीय समिति गठन गरेको छ ।