फोनिज बागमती प्रदेशको अध्यक्षमा रामेछापका श्रेष्ठ निर्वाचित

| पुस २२, २०७८ बिहिबार

A A A
A A A

२२ पुष, रामेछाप । आदिवासी पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश अध्यक्षमा रामेछापका पत्रकार युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।  श्रेष्ठ यसअगाडि फोनिजको उपाध्यक्ष रहेका थिए । 

 

बुधबार र बिहिबार दुई दिन हेटौटामा भएको दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रेष्ठ निर्विरोध अध्यक्षमा चयन भएका हुन् । उनी जिल्लामा रेडियो झंकारका ९७.५ मेगाहर्जको स्टेशन म्यानेजर हुन् । भने केन्द्रमा न्यूज२४ टेलिभिजनसहिका अन्य मिडियामा आबद्ध छन् । 

 


जसमा राजेश रुम्बा उपाध्यक्ष र डोल्मा शेर्पा महिला उपध्यक्ष बनेका छन् । त्यस्तै संस्थाको महासचिवमा श्याम रानाले जिम्मेवारी पाएका छन्, भने शिशिर दोङ संगठन सचिव र राजु नापित संस्थागत सचिव बनेका छन् । त्यस्तै शंकर श्रेष्ठ कोषाध्यक्ष बनेका छन् ।

 
त्यस्तै मिना श्रेष्ठ, कमला तामाङ (अस्मि), पासाङ शेर्पा, पूर्णबहादुर मगर (विशाल), उद्दव कुमार श्रेष्ठ, अर्विन्द्र मान सिंह, सरोज लामा र पासाङ घिसिङ खुल्ला सदस्यमा चयन भएका छन् । 

 

त्यस्तै रबिन्द्र सिंजाली मगर, दिक्की डोल्मा शेर्पा, फूर्वा तामाङ, संजय चौधरी र हिरालाल गुरुङ, संस्थागत सदस्य बनेका छन् । 
सम्झना श्रेष्ठ, पूर्णभक्त दुवाल, र पेमा लामा संघीय प्रतिनिधि बनेका छन् ।

नामावली हेर्नुहोस्