ठगी मुद्दामा पनि गोबिन्दा खड्काले पाए जिल्ला अदालत रामेछापबाट सफाई

| पुस २२, २०७८ बिहिबार

तस्विर फाइल
A A A
A A A

२२ पुष, रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दा खड्काले ठगी मुद्दामा पनि सफाई पाएका छन् । जिल्ला अदालत रामेछापले सुरुमा ५० लाख धरौटी मागेकोमा, उच्च अदालत पाटनले साधारण तारेखमा छाड्न अनुमती दिएको थियो । सो मुद्दामा आज बिहिबार फैसला गर्दै जिल्ला अदालत रामेछापले सफाई दिएको हो । 

 


न्याधिश बद्री प्रसाद ओलीको एकल इजलासले नेपाल सरकारको अभियोगमा दाबी नपुग्ने फैसला गरेको खड्काका कानूनी अधिवक्ता यादव प्रसाद दाहालले रामेछाप टाइम्सलाई जानकारी दिए । उनकाअनुसार अब खड्कामाथि कुनै पनि मुद्दा छैनन् ।

 


यसअगाडि शरिर बन्दक तथा जबरजस्ती करणी मुद्दामा अध्यक्ष खड्काले सफाई पाइसकेका छन् । पटक पटक गरेर २०७७ साल भदौंमा खड्का बिरुद्ध ठगी मुद्दा दर्ता भएको थियो ।