एमाले जिल्ला अधिवेशनः कांग्रेस र माओवादीसहितका राजनीतिक दललाई ‘निम्तो’, एकिकृत समाजवादीलाई ‘छैन’

| पुस २३, २०७८ शुक्रबार

तस्विर फाइल
A A A
A A A

२३ पुष, रामेछाप । नेकपा एमाले रामेछापले (एकिकृत समाजवादी) पार्टी (एस) लाई आठौं जिल्ला अधिवेशनमा नबोलाउने भएको छ ।  आज देखि सुरु हुन लागेको जिल्ला अधिवेशनमा सबै राजनीतिक दललाई पत्र पठाएर शुभकामनाको लागि डाकेको एमाल रामेछापले, एमालेबाटै फुटेर बनेको एसलाई निम्तो नपठाएको जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


उनका अनुसार सबै राजनीतिक दललाई शुभकामनाको लागि डाकिएको भएपनि एमालेबाट फुटेर बनेको (एकिकृत समाजवादी पार्टी) (एस) लाई भने अधिवेशनमा डाकिएको छैन् ।  ‘एस एमालेकै भोटले गर्दा (एस) पार्टी रहेको उल्लेख गर्दै –एस) एमालकै भोटले बनेको हो । छुट्टै भोट छैन । त्यसैले हामीले डाकेका छैनौं अध्यक्ष पौडेलले भने ।’ 

 

उनले एस अझै पनि एमाले भित्र रहेको दाबी गरे । अधिवेशनको लागि एमालेले बिहिबार हिजै अन्य राजनीतिक दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्रसहित सबै राजनीतिक दलहरुलाई निमन्त्रणा गरिसेकेको जिल्ला अध्यक्ष पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

अधिवेशन आजदेखि जिल्ला समन्वय समितिको हल मन्थलीमा बिहान ११ ३० बजे सुरु हुदै छ । यो अधिवेशनले नयाँ नेतृत्व पाउने छ । अधिवेशनमा करिब एक हजार जनाको सहभागिता हुने एमाले रामेछापको दाबी छ ।