तेस्रो ‘मेयर कप’ को लागि जिल्ला समन्वयको गेटमा टाँगिएको ब्यानर गएराति ‘च्याचुत्’

| पुस २३, २०७८ शुक्रबार

फोटो फाइलः नगरपालिकाकाे सिसिटिभी कक्ष
A A A
A A A

२३ पुष,रामेछाप । रामेछापको मन्थली नगरपालिकाले तेस्रो ‘मेयर कप’ का लागि तयार पारेको जिल्ला समन्वय समितिको गेटमा टाँडेको व्यानर गएराति च्यातिएको छ । 

 

अज्ञात समूहले बिहिबार राति शुक्रबारदेखि सुरु हुने लागेको तेस्रो ‘मेयर कप’ भलिबल प्रतियोगिता संचालनको लागि गेटमा ब्यानर टाँगेर तयार पारेको थियो । सो ब्यानर राति अज्ञात समूहले तोड्फोट् गरिएको अवस्थामा पाएको मन्थली नगरपालिकाका नगरप्रमुख रेमश कुमार बस्नेतले बताएका छन् ।

 

उनले ब्यानर च्यात्नेको सीसीटिभी फुटेजेबाट पहिचान भैसेकाले कारबाही हुने बताए । ‘साँझमा हामीले तयार पारेर राखेको ब्यार च्यातिएको छ । नगरको प्रमुखको हैसियतले म यो घटना प्रति खेद प्रकट गर्दछु । नगरको शान्ति सुरक्षाको हिसाबले यो दुःखद् कुरा हो । च्यात्नी को हो भनेर हामीले पत्तालगाई सकेका छौं । त्यस्ता अबराधीहरु कानूनीबाटो बाट उम्किन सक्दैनन् प्रमुख बस्नेतले भने ।’


उनले नगरको सुन्दरतामाथि कसैले देखि नसहेको भन्दै त्यसलाई भत्काउन केही तत्वहरु लागि परेको जिकिर गरे। नयाँ ब्यानर तयार पारेर कार्यक्रम भने संचालन भएको छ ।