एमाले जिल्ला अधिवेशनः केन्द्रीय सदस्य ढुङ्गेलले गरे उत्घाटन, नयाँ नेतृत्व पाउदै

२३ पुष, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापको जिल्ला अधिवेशन आज शुक्रबार देखि जिल्ला सदरमुकाम मन्थली स्थित सामुदायिक हलमा सुरु भएको छ ।
अधिवेशनको केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज कैलाश ढुङ्गेलले उत्घाटन गरेका छन् । भोली शनिबार सम्म चल्ने अदधिवेशनले नयाँ नेतृत्व पाउने छ । आज उत्घाटन भएको अधिवेशनको उत्घाटन सकिएपछि बन्दसत्र सुरु हने कार्यतालिका छ ।
उत्घाटन कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगाएका मुख्य राजनीतिक दललाई डाकेको एमालेले एकिकृत समाजवादीलाई भने डाकेन ।