तेस्रो मन्थली 'मेयर कप' : पहिलो दिन ९ वटा खेल सम्पन्न

| पुस २३, २०७८ शुक्रबार

तस्विर फाइल मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२३ पुष, रामेछाप । तेस्रो मेयर कपको पहिलो दिन ९ वटा खेल सम्पन्न भएको छ । सदरमुकाम मन्थली स्थित जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा पुरूष भलिबल प्रतियोगिताको पहिलो दिन ९ खेल सम्पन्न् भएको हो । 

 

प्रतियोगितामा मन्थली नगरपालिका आज को १४ वटा वडाका खेलाडीहरूले भाग लिएका छन् । प्रतियोगिता पुस २५ गते सकिने आयोजक मन्थली नगर खेलकुद विकास समितिले जनाएको छ। सो भलिबल प्रतियोगिता लिगकम नक आउट सिस्टम खेलाईने छ।

 

आज शुरूमा मन्थली नगरपालिका वडा नम्बर २ र वडा नम्बर ४ सालुबिच भएको खेल सालुले जितेको छ । त्यस्तै वडा नम्बर ५ सुनारपानी र वडा नम्बर १४ फुलासीबिच भएको खेलमा फुलासीले जितेको छ । 

 

यसैगरी मन्थली नगरपालिका वडा नम्बर ६ भलुवाजोर र वडा नम्बर ९ पुरानागाँउबिच भएको प्रतिस्पर्धामा भलुवाजोरले जित हासिल गरेको छ ।

 

यस्तै वडा नम्बर ३ कठजोर र वडा नम्बर ११ गेलु नाटिलाबिच भएको खेलमा गेलु नाटिलाले जितेको छ।

 

आजनै भएको वडा नम्बर ७ भटौली र वडा नम्बर १० चनखुसँग को खेल भटौलीले जितेको छ ।

 

यसैगरी मन्थली १ मन्थली र वडा नम्बर १३ फुलासीको बिचमा भएको प्रतिस्पर्धा मन्थली १ ले जितेको छ। 

 

आजै भएको दोस्रो सेटको भलिबल प्रतियोगितामा मन्थली वडा नम्बर ४ सालु र वडा नम्बर ५ सुनारपानीबिच भएको खेलमा सुालुले जित हासिल गरेको छ ।

 

दोस्रो सेट अन्तरगत २ कठजोर र मन्थली १४ फुलासी बिचको खेलमा फुलासीले जित निकालेको छ।

 

यसैगरी मन्थली ९ पुरानागाँउ र मन्थली ११ गेलु नाटिलाबिच को प्रतिस्पर्धामा गेलु नाटिलाले जित हासिल गरेको छ । 

 

९ वटा प्रतिस्पर्धा सँगै आज प्रतियोगिता सकिएको छ। शनिबार सेमिफाइनल चरणका खेलहरू हुने वताईएको छ।