‘पार्टीका एजेण्डा पार्टीको हित हैन, जनताको हितमा हुनु पर्छ’– नेता घिमिरे

‘राप्रपाको एजेण्ड ‘हिन्दू राज्य’ सिंगो नेपालीको एजेण्डा हो’

| पुस २४, २०७८ शनिबार

तस्विर फाइल मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२४ पुष, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अन्य राजनीतिक दलहरुले पनि राप्रपाको एजेण्डामाथि बिचार गर्ने आग्रह गरेको छ । उसले नेपालमा रहेका भाषा धर्मको संरक्षण गर्न लाग्नु पर्नेमा ध्यानाकर्षण गराए हो । 

 

शुक्रबार एमाले रामेछापको जिल्ला अधिवेशनमा शुभकामना दिदै राप्रपाका नेता शिवजी घिमिरेले ‘म सबै राजनीतिक दलहरुलाई एक चोटी गम्भीर भएर सोच्न आग्रह गर्दछु । कि नेपालमा हिन्दू धर्मसहितको धर्मको संरक्षण गर्नु पर्ने आवश्यकता छ कि छैन् ।’


उनले आफ्नो देशको संस्कृतिलाई जोगाउन राप्रपाले हिन्दू राज्यको अभियान बोकेर हिडेको भन्दै त्यो सिंगो नेपालीको अभियान भएको बताए । आफ्नो धर्म,संस्कृतीलाई विर्सन नहुने बताए । 

 


राप्रपाका नेता घिमिरेले राजनीति पार्टीका एजेण्डा पार्टीको हित भन्दा पनि जनताको हितमा हुनु पर्ने भन्दै पछिल्लो समय देशमा मुक्का मुक्कि सुरु भएको उल्लेख गरे । 

 

उनले सर्वोच्च अदालतमा भएको कुटाकुट्को प्रशंग उल्लेख गरे । उनले एमालेले आब ल्याउने नेतृत्व परिवर्नशिल आउनु पर्ने शुभकामना दिए । 
 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार