एमालेलाई कांग्रेस रामेछापको शुभकामना सन्देशः दुई तिहाई किन गुम्यो समिक्ष गर,युग सुहाउदो नेतृत्व बनाउ

सकरात्कम सोचाईको विकासमा जोड् दिनु पर्ने

| पुस २४, २०७८ शनिबार

तस्विर फाइल मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२४ पुष, रामेछाप । नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले एमालेबाट फुटेर गएका नेताहरु किन गए भनेर गम्भीर भएर सोच्न आग्रह गरेका छन् । ‘दुई तिहाईको सरकार, सातै प्रदेशको सरकार किन गयो, किन ढल्यो, शून्यको अवस्थामा किन पुयो, जनताको विश्वास् किन गुम्यो गम्भीर समिक्षा गर्नुहोला ।’ उनले एक कार्यकर्ता अर्को पार्टीमा गयो भनेर चित्ता बुझाउने अवस्थान नभई त्यसलाई गहिराईमा गएर सोच्नुहोला भने ।

 

शुक्रबार एमाले रामेछापको जिल्ला अधिवेशन उत्घाटनमा शुभकामना दिदै उपसभापति कार्कीले ‘हिजो माओवादी र एमाले एकिकरण हुँदा ठूलो पार्टी बनेको कम्युनिष्ट् पार्टीमा अहिले एकिकृत समाजवादी बन्दा त्यहीबाट टुक्रियर गएका छन् । उनीहरु किन गए एमालेले गम्भीर तरिकारले सोनु पर्छ ।’ 

 

 
कांग्रेस र एमाले बिचार र सिद्धान्तले फरक भएपनि मूल मुद्दा भनेको समृद्ध नेपाल र नेपालीनै भएको उपसभापति कार्कीले उल्लखे गरे । उनले राजनीतिक पार्टी र झण्डले फरक भएपनि मूल मुद्दा भनेको सुखी जनता बनाउनेनै भएको उल्लेख गर्दै उनले आफूहरु राजनीतिक यात्रामा सँग संगै भएको बताए । 

 

‘राजनीतिमा जित्छौं मात्रै भनेर लागिदैन । बिचार र बाटो फरक भएपनि उद्देश्य एउटै हो’ उनले भने।  

 

कार्कीले दुई तिहाईको सरकारले तत्कालिन समयमा राजनीतिक स्थायीत्व कामय गर्छ र राजनीति प्रति नागरिकको विश्वास बढाउछ भन्ने अपेक्षा आफूहरुले गरेको बताए । तर, ओली नेतृत्वको सरकारले त्यो गर्न नसकेको बताए । 

 

देशको स्रोत र साधनलाई उच्चत्म प्रयोग गरेर देशलाई समृद्धि बनाउनु पर्नेमा कार्कीको जोड् छ । साथै उनले अहिलेका युवाहरुलाई पार्टीले मिलाएर लिएर हिड्नु पर्नेमा जोड् दिए । 

 

एउटा पार्टीको नेता, युवाले अर्को पार्टीको नेतालाई होच्याउने, हेप्ने प्रविती अन्त्य गर्नु पर्ने बताए । सकरात्कम सोचाईको विकासमा जोड् दिनु पर्ने कार्कीको सुझाव छ ।

 

 
उनले अहिले आफ्नो पार्टीको सरकारले देश र जनताको हितमा काम गर्ने जिम्मेवारी रहेको जिकिर गर्दै गठनबन्धन सरकारले त्यो पूरा गर्नु सकोस्  भनि शुभकामना दिए । 

 

उनले यो सरकारले लोकतान्त्रिक शक्तिहरुलाई एकत्रित गरि सबै शक्तिहरुलाई एक बनाउन सक्नु पर्नेमा सुझाव दिए । उनले एमाले केन्द्रीय सदस्य तथा रामेछापका ईन्चार्ज कैलाश ढुङ्गेललाई रामेछापको केपी ओली भनि सम्बोधन गरेका थिए । 

 

कार्कीले एमाले रामेछापमा आउने नयाँ नेतृत्व युगसुहाउदो आउनु पर्ने शुभकामना दिए ।