‘कैलाश ढुङ्गेल रामेछापका केपी ओली हुन्’-कांग्रेस उपसभापति कार्की (भिडिओ)
नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले एमालेबाट फुटेर गएका नेताहरु किन गए भनेर गम्भीर भएर सोच्न आग्रह गरेका छन् । ‘दुई तिहाईको सरकार, सातै प्रदेशको सरकार किन गयो, किन ढल्यो, शून्यको अवस्थामा किन पुयो, जनताको विश्वास् किन गुम्यो गम्भीर समिक्षा गर्नुहोला ।’ उनले एक कार्यकर्ता अर्को पार्टीमा गयो भनेर चित्ता बुझाउने अवस्थान नभई त्यसलाई गहिराईमा गएर सोच्नुहोला भने । उनले एमाले केन्द्रीय सदस्य तथा रामेछापका ईन्चार्ज कैलाश ढुङ्गेललाई रामेछापको केपी ओली भनि सम्बोधन गरेका थिए ।