एमाले अध्यक्षको लागि आनन्द श्रेष्ठ र प्रेम तामाङ्ले गरे उम्मेद्वरी दर्ताः दर्ता जारी (भिडिओसहित)

| पुस २४, २०७८ शनिबार

A A A
A A A

२४ पुष, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला अध्यक्षको लागि दुई जनाको उम्मेद्वरी दर्ता भएको छ ।

 

हाल सचिव रहेका आनन्द श्रेष्ठ र उपाध्यक्ष रहेका प्रेमबहादुर तामाङ्ले अध्यक्ष पदको लागि उम्मेद्वरी दर्ता गराएको त्यहाँ स्थित पत्रकार नवराज पथिकले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

‘दुई जनाको अध्यक्षको लागि उम्मेद्वरी दर्ता भयो, लाईनमा हुनुहुन्छ यो नसकियून जेली दर्ता हुन्छ उनले भने।’  

 

 

जिल्ला अध्यक्षको लागि चार जनाको उम्मेद्वरी पर्ने दाबी गरिएको छ । 

 

सर्वसहमतिमा नेत्रित्व चयन गर्न कसिएको एमालेले सहमति नभए मतदान प्रक्रियामा जाने बताएको छ । 

 

करिव साँड सात सय मतदाता रहेको एमाले रामेछापको जिल्ला अधिवेशन हिजो देखि सदरमुकाम मन्थली स्थित सामुदायिक हलमा जारी छ ।