रामेछापमा एमाले जिल्ला अधिवेशनः पत्रकार सत्याल र घिसिङ् चुनावी मैदानमा

| पुस २५, २०७८ आइतबार

तस्विर सौजन्य सत्याल र युनिक बिफा घिसिङ ।
A A A
A A A

२५ पुष,रामेछाप । रामेछापमा एमाले जिल्ला अधिवेशनमा छुट्टाछुटै दुई पदको लागि दुई जना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । पत्रकार एवं संचारकर्मी सौजन्य प्रसाद सत्याल र युनिकबिफा घिसिङ् एमालेको चुनावी मैदानमा उत्रिएका हुन् ।

 

एमाले जिल्ला अधिवेशन जिल्ला सदरमुकाम मन्थलीमा शुक्रबारदेखि जारी छ । सत्याल जिल्लाबाट प्रशारित रेडियो रामेछापका स्टेशन म्यानेजर हुन । त्यस्तै घिसिङ् रेडियो ईनर्जीका स्टेशन म्यानेजर हुन् भने अन्य अनलाईन् मिडियामा समेत आबद्ध छन् । उनी प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य एवं समेत हुन् । 

 


सत्याल पत्रकार महासंघ रामेछापको गत जिल्ला अधिवेशनमा अध्यक्ष पदको लागि हालका अध्यक्ष बद्री नयाँ घरेसंग चुनावी मैदानमा उठेका थिए । सत्याल एमाले खुल्ला सदस्य पदको लागि चुनावी मैदानमा उठेका हुन् । १८ जना निर्वाचित हुने पदको लागि ४९ जनाको उमेद्वरी पारेको छ । सत्यालले १६ नंम्बरमा उम्मेद्वरी दिएका हुन् । भने चार पदको लागि हुने निर्वाचनमा १४ जनाको उम्मेद्वरीमा १२ औं नम्बरमा उम्मेद्वरी घिसिङ्ले उम्मेद्वरी दिएका हुन् । 

 

एमाले रामेछापको अध्यक्षसहितको नयाँ नेतृत्वको लागि निर्वाचन हुदै छ । जसमा ९० पदको लागि दुई सय जनाको उम्मेद्वरी परेको छ । 

यी हुन उम्मेद्वरहरु