तेस्रो 'मेयर कप' मन्थलीले जित्यो

| पुस २५, २०७८ आइतबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२५ पुष,रामेछाप । तेस्रो मन्थली मेयर कप मन्थली वडा न १ ले जितेको छ । आज आइतबार भएको फाइनल खेलमा मन्थली ११ लाई हराउदै जित हाँसिल गरेको हो । गत शुक्रबार देखि जिल्ला समन्वय समितिको प्रांगणमा सुरु भएको मेयर कपमा प्रथम भएसंगै मन्थली १ ले नगद १ लाख सहित शिल्ड मेडल र प्रमाणपत्र हाँसिल गरेको छ । उसले मन्थली ११ लाई २५-१९, २५-१४, २५-१८ र २५-११ ले जितेको हो । 

 

त्यस्तै द्वितिय भएको ११ गेलुले नगद ७५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।


त्यस्तै तृतिय हुने मन्थली ४ सालुले नगद ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । भने सान्त्वना हुने मन्थली १० चनखुले नगद ३० हजारसहित प्रमाण पत्रमा चित्त बुझाएको छ । 

 

विभिन्न सात छुट्टाछुटै विधामा सात खेलाडी उत्कृष्ट पुरस्कार राशि सहित सम्मानित् भएका छन् । जसमा उत्कृष्ट खेलाडीमा वडा नं १ का जर्सी नं ७ का खेलाडी जनक माझी घोषित भएका छन् । 
त्यस्तै उत्कृष्ठ डिफन्डरमा वडा नं ४ सालुका रामकुमार रानामगर घोषित भएका छन् । 


त्यस्तै उत्कृष्ठ सटरमा वडा नं ११ गेलुका सञ्जिव खत्री घोषित् भएका छन् । भने उत्कृष्ठ सर्भरमा वडा नं १ का नबिन माझी घोषित् भएका छन् । 

 

त्यस्तै उत्कृष्ठ बल्करमा वडा नं ४ सालुकै  रामहरि खत्री घोषित भएका छन् । र, उत्कृष्ठ स्पाईकरमा वडा नं ११ गेलुका नाराणय श्रेष्ठ घोषित् घएका छन् । उनीहरु नगद पाँच हजारसहित प्रशंसा पत्रसहित सम्मानित् भएका हुन् ।