लिखु तामाकोशीमा श्रीमानको ‘जूठो बारेर बसेकी महिलामाथि छिमेकीबाट बलत्कारको प्रयासः करणी गर्ने पक्राउ

| पुस २६, २०७८ सोमबार

सांकेतिक तस्विर
A A A
A A A

२६ पुष,रामेछाप । श्रीमानको जुठो बारेर बसेकी एक महिला (बिधुवा) माथि रामेछापमा जबरजस्ती करणीको प्रयास भएको छ । लिखुतामाकोशी गाउँपालिका वडा नं ३ धोबीमा श्रीमानको शोकमा डुबेकी महिलामाथि बलत्कार गर्न खोजिएको रामेछाप प्रहरीले जनाएको छ ।

 
ती महिलालाई सोही ठाउँका अन्दाजी ५० वर्षीय सिंगबहादुर बिकले पतिको शोकमा रहेकी महिलामाथि घरमा एकलै बसेको मौका छोपेर करणी गर्न खोजेको पुष्टि भएको हो ।  ती महिला ६६ बर्षीय श्रीमानको मृत्युको शोकमा थिइन् ।


घटना गत शुक्रबार साँझ कबिर ६ बजे भएको बताइएको छ । उनकै घरमा पतिको शोकमा डुबेर बसेकी महिलालाई घरमै पुगेर बिकले बलत्कार गर्न खोजेपछि उनकी छोरीले थाहा पाएर छिमेकीलाई खबर गरेकी थिइन् । 

 

त्यसपछि फरार रहेका बिकलाई प्रहरीले शनिबार बिहान करिब ११ बजे धोकी बजारबाट पक्राउ गरेको छ । पक्राउ परेका बिकमाथि जिल्ला अदालत रामेछापबाट छ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।