रामेछापको गेलुमा शिक्षक गुप्ताले आफ्नै १५ वर्षीय विद्यार्थी बालिकामाथि जबरजस्ती करणी गरे

| पुस २६, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

२६ पुष,रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा ११ गेलुमा शिक्षकले आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गरेका छन् । आइतबार शारदा माद्यामिक बिद्यालयको, निम्न माविमा अध्यापन गराउदै आएका शिक्षक सप्तहरी जिल्ला मलनियाँ गाविस ७, हाल बलनबेहाल गाउँपालिका २ चण्डि घर भएका अन्दाजी ३८ वर्षीय दिनेशकुमार गुप्ताले १५ वर्षीय बालिकालाई करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

हाल उनी गेलुको साँवाडाडा बस्दै आएका थिए । 

 

बालिका बिद्यालयको बाटो हुदै काम बिशेषले हिडिरहेको अवस्थामा शिक्षक गुप्ताले उत्तर पुस्तिका जाँच भैसकेको छ । हेर्न आउ भनेर डाकेका थिए । बालिकाले सरले कक्षामै नम्बर सुनाउछन् भनि शिक्षक गुप्ताको कुरा ईन्कार गर्दा जबरजस्ती बालिकाको हातमा तानेर लगेको पाइएको पक्राउ पछिको प्रारम्भिक अनुसन्धानबाट खुलेको सूचना अधिकारी श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार तानेर लगेका शिक्षक गुप्ताले बालिकाको गोप्य अंगहरुमा हात लगाएका छन् । त्यसपछि बालिका शिक्षक गुप्तालाई धकेलेर त्यहाँबाट भगेको बताइएको छ । यसरी भागेकी बालिकाले घरमा कसैलाई नभनि दिउसो स्कूलमा साथिलाई भनेपछि उनकी साथिले पीडित बालिकाको आमालाई घटनाबारे खबर गरेकी थिइन् ।

 

 

 त्यसपछि प्रहरीमा खबर पाएलगत्तै प्रहरीले शिक्षक गुप्तालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याएको छ ।

 

 

 उनलाई आजै जिल्ला अदालत रामेछापमा म्याद थपको लागि पेश गर्ने तयारी भैरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।