निलकण्ठेश्वर माविमा रामजंग बस्नेतको सभापतित्वमा ८१ सदस्यीय नेविसंघ गठन
२६ पुष, रामेछाप । नेपाल विद्यार्थी (नेविसंघ) निलकण्ठेश्वर माद्यामिक विद्यालयको सभापतिमा रामजंग बस्नेत चयन भएका छन् । आइतबार बस्नेतको सभापतित्वमा ८१ सदस्यीय समिती गठन गरिएको स्ववियू सभापति बिमल पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार उपसभापतिमा जेनिसा बस्नेत र समित तामाङ् चयन भएका छन् ।
त्यस्तै सचिवमा अरुणा श्रेष्ठ र प्रदिप रोका चयन भएका छन् । भने मन्दीरा बोगटी जनक रोका सहसचिवमा जयन भएका छन् ।
कोषाध्यक्षमा प्रतिक्षा ढुङंगेलले जिम्मेवारी पाएकी छन् ।
पछिल्लो समय नेविसंघ रामेछापले आफ्नो संगठन विस्तारमा केन्द्रीत छ ।
