पत्रकार घिसिङ् एमाले जिल्ला कमिटीमा ३५९ मतसहित बिजयी

अर्का पत्रकार सत्याल बने राहे

| पुस २६, २०७८ सोमबार

निर्वाचित् युनिक बिफा घिसिङ
A A A
A A A

२६ पुष, रामेछाप । पत्रकार एवं संचारकर्मी युनिकबिफा घिसिङ एमाले जिल्ला सदस्यमा बियजी भएका छन् । उनले तीन सय ५९ मत पाउदै बिजयी भएका हुन् । 

 

एमाले रामेछापको अधिवेशनमा कूल ८ सय १४ मत खसेको थियो । 

 

नेकपा एमाले रामेछापको आठौं अधिबेशनबाट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ रामेछापका सदस्य समेत रहेका घिसिङ् एमाले जिल्ला कमिटी सदस्यमा बिजयी भएका हुन् । उनी जनजाती तर्फको खुल्ला पुरुष पदको लागि चनावमा उठेका थिए । घिसिङ् रेडियो तथा अन्लाईनमा आबद्ध छन् । एक दशक भन्दा लामो समयदेखि पत्रकारीता क्षेत्रमा आबद्ध घिसिङ् पछिल्लो पटक खुलेरै राजनीतिकमा देखिएका हुन् । 

 

त्यस्तै अर्का पत्रकार एवं संचारकर्मी सौजन्य सत्याल भने खुल्ला पुरुष तर्फ पराजित बनेका छन् । उनले एक सय २६ मत पाएका छन् । 

 

 

एमाले रामेछापको गत शुक्रबारदेखि सुरु भएको आठौं अधिवेशन अध्यक्ष बाहेकका सबै पदमा मतदान गर्दै समापन गरेको छ । 
 

मतपरिणाम हेर्नुहोस्