पकरबासमा खानेपानी उपभोक्ता समिती गठनमा पालिकाको ठाडो हस्तक्षपः आर्थिक अनियमितता भएको आशंका, कांग्रेस र माओवादीको बिरोध

| पुस २७, २०७८ मंगलबार

तस्विर फाइल
A A A
A A A

२७ पुष,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा ४ र ५ पकरवासमा खानेपानी उपभोक्ता समिति गठन अबैधानिक भएको भन्दै विभिन्न राजनीतिक दलहरुले समिती बैहिष्कार गरेका छन् । स्थानीय सरकारले अवैधानीक रुपमा खानेपानी उपभोक्ता समिती बनाएर उपभोक्ताको अपमान गरेको भन्दै खाँडादेवी गाउँपालिका वडा नं ४ र ५ का राजनीतिक दल तथा त्यहाँका उपभोक्ताले एक भेला बहिष्कार गरेका हुन् । सोमबारको लागि भेला डाकिएको थियो । 


स्थानीय सरकारले १८ महिना अगाडि पुरानो समितिलाई भंग गरेर ६ महिनाको लागि बनाएको नयाँ समितिले बोलाएको भेला अवैधानिक भएकाले आफूहरुले भेला बहिष्कार गरेको खाँडादेवी गाउँपालिका वडा नं ५ का काँग्रेसका इकाइ सभापति बिराज श्रेष्ठले बताए ।

 

पालिकाको पकरबास–भिरपानी पम्पिङ्ग् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्किम नं १ मा लामो समयदेखी उपभोक्ता समिति निर्माणको विषयलाई लिएर विवाद हुदै आएको थियो । खानेपानी उपभोक्ता समितीका सात सय जना उपभोक्ताहरुको अपमान गर्दै स्थानीय सरकारले आफ्ना नजिकका आसेपासेलाई राखेर जबरजस्ति समिती बनाएकाले उक्त समिति अपारदर्शी हुनुका साथै आर्थिक अनियमितता समेत भएको हुन सक्ने भएकाले आफूहरुले भेला बहिष्कार गरेको वडा नं ४ का इकाइ सभापति हरि कार्कीले बताए । उनले तत्काल निर्वाचन वा सर्वसम्मत तरिकाले उपभोक्तहरुको उपस्थितिमा नयाँ समिति गठन हुनुपर्नेमा जोड् दिए । 


सोमबार एक विज्ञप्ति जारी गर्दै ‘मिति २०७८ साल पौष २६ गते पकरवास भिरपानी पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्कीम नं। १ को मिति २०७७/०३/३२ मा सो खानेपानीको विधान र नियमावली बिपरीत ७०० भन्दा बढी उपभोक्ताहरुले उपभोक्ता समिति चयन गर्न पाउने अधिकारलाई स्थानीय सरकार तथा खाँडादेवी गाउँपालिकाले ठाडो हस्तक्षप गरी विधान विपरित अपदस्त गरी मिति २०७७/०३/३२ मा छ महिनाको लागि तदर्थ समिति गठन गरेको र सो समितिले १८ महिना पछि बोलाएको भेलामा खानेपानी उपभोक्ताहरुले सो समिति ले गरेको कार्यप्रति घोर आपति जनाउदा जनाउदै एकलौटि ढङगबाट भेला संचालन गरेको ले विगतमा गरेको सम्पुर्ण निर्णय र आर्थिक हिसाव किताव लगाएतका कार्यहरु प्रति विरोध जनाउँदै सो समिति तत्काल विघटन गरि। उपभोक्ताबाट सर्वसहमति तथा निर्वाचन प्रक्रियाबाट गठन गरियोस भन्दै सो भेलालाई बहिस्कार गरेको जानकारी गराईन्'-लेखिएको छ । 


सोमबारको भेला अबैधानिक भएकाले तत्कालिन समितिले गरेको सम्पूर्ण हिसाब किताब सार्वजनिक नगरेसम्म भेला बहिष्कार गर्ने नेकपा माओवादी केन्द्र खाँडादेवी ४ का अध्यक्ष रामकृष्ण मानन्धरले बताए । 
 

विज्ञप्ति हेर्नुहोस्