मन्थली नगरपालिकाले भन्यो ‘भोलीदेखि माघ १५ सम्म भौतिक उपस्थितिमा बढाउन रोक, नेट भए अन्लाईन पढाऊ’ (सूचनासहित)

| पुस २७, २०७८ मंगलबार

तस्विर फाइल
A A A
A A A

२७ पुष, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले भोलीदेखि आउदो माघ १५ गतेसम्म भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समिति (सिसिएमसी) को सिफारिस तथा शिक्षा मन्त्रालयको निर्णय अनुसार गृह मन्त्रालयले गरेको परिपत्रलाई कार्यान्वयन गर्ने भन्दै मंगलबार आज एक सूचना जारी गर्दै नगरले बुधबारदेखि भौतिक उपस्थितिमा हुने सबै पठनपाठन रोकेको जनाएको हो । नगरभित्र करिब ११ हजार बालबालिका अध्ययन गर्दै आएका छन् । 

 


नगरले जारी गरेको सूचनामा ‘बुधबार २८ गतेदेखि माघ १५ गतेसम्म विद्यालयमा भौतिक रुपमा बालबालिकाहरुलाई नबोलाउने, माथिल्ला कक्षा र अनलाईनको पहुँच भएका बालबालिकाहरुलाई अनलाईनको माध्यमबाट पढाई अगाडि बढाउने, गाउँ तथा टोलमा जोखिमको अवस्था विश्लेषण गर्दै स्वास्थ्यका मापदण्डको पालना गरि घुम्ति, सिकाइ क्रियाकलाप सञ्चालन गर्न, मोबाइल फोन, म्यासेन्जर आदीको माध्यमबाट नियमित रुपमा बालबालिकाहरुको सिकाइ पक्रिया सहजीकरण गर्ने भनिएको छ ।’

 

त्यस्तै सो अवधिमा विद्यालयले गरेका कार्यहरुको विवरण माघ २० गतेसम्म यस नमरपालिकामा पेश गर्ने समेत सूचनामा आदेश गरिएको छ । 

 


दोस्रो लहरको कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालहरु संक्रमण घट्दै गएपछि खुलेका थिए । पुःन कोरोनाको उत्परिवर्तित संक्रमण ओमिक्रनसहितका भाइरस तिब्र फैलिन थालेपछि बिद्यालहरु हिउँदे बिदालाई समेत समेटेर बन्द हुने भएका छन् । 

 

नगरका विद्यार्थीहरुको शिक्षमा थप टेवा दिने भन्दै शनिबार बाहेक सार्वजनिक बिदामा समेत पठनपाठन गर्दै आएको मन्थली नगरपालिकाले संक्रण बढेपछि बिद्यालय बन्द गर्ने आदेश दिएको हो । 
 

सूचना हेर्नुहोस्