फुलासीमा माओवादीका सचिवसहित एक सय जना बढी कांग्रेस प्रवेशः भन्छन् ‘जनताको गुनासो सुन्न गाउँ आउने भनेको कांग्रेस मात्रै हो’

| पुस २८, २०७८ बुधबार

A A A
A A A

२८ पुष, रामेछाप । रामेछापमा कांग्रेस पार्टी प्रवेश गर्नेको संख्या बढेको छ । मंगलबार माओवादीका वडा सचिवसहित, वडाबाट गत निर्वाचनमा दलित महिला सदस्य कोटाकी उम्मेद्वारनै कांग्रेस प्रवेश गरेका हुन् । 

 


जिल्लाको मन्थली नगरपालिका वडा नं १३ फुलासीमा माओवादी केन्द्रका वडा सचिव डम्बर खपाङ्गी मगर, दलित महिला सदस्यकी उम्मेद्वार सुन्तली बर्देवासहित करिब एक सय जना भन्दा बढी कांग्रेस प्रवेश गरेका हुन् । 

 

मंगलबार कांग्रेस फुलासीले आयोजना गरेको वडा पार्टी कार्यालय उत्घाटन कार्यक्रमकाबीच उनीहरु कांग्रेसमा भित्रीएका हुन् । 

पार्टी प्रवेश गरेका माओवादी केन्द्रका वडा सचिव डम्बर खपाङ्गी मगर कांग्रेस सभापतिसंग । तस्विर रामचन्द्र बि.क पत्रकार

माओवादी पार्टीले जनताको कुरा नसुनेको र जनताका समस्या भन्दा पनि आफ्नो फाइदाको लागि मात्रै काम गरेको कारण माओवादी परित्याग गरेको माओवादी छाडेका खपाङ्गीले बताए ।

 

त्यस्तै बर्देवाले माओवादी पार्टीले दलित मुक्तीका लागि धेरै नारा लगाएर दलित समुदायका नागरिकलाई अलमल्याउने गरेकाले पार्टी छाडेको सुनाईन् । उनले जनताको समस्या र गुनासो सुन्ने पार्टी भनेका कांग्रेस मात्रै आएको बताइन् । बर्देवाले कांग्रेस गाउँमा परेको दुखेसो सुन्न आउने गरेको छ भनिन् ।

 

नवप्रवेशीहरुलाई जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ्का (कान्छाराम) सहितका जिल्लाका नेताहरुले स्वागत गरे ।